लहानमा आउँदैछ : धुर्मुस–सुन्तली, कमल खत्री, प्रमोद खरेल, सोमिया, प्रिति, अक्षरा सिंह

लहान । आउँदै चैत ३० गते देखि सुरु हुन लागेका लहान एक्सपो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव–२०८० मा स्थानीय देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरु आउने भएका छन् । जसको लागि जिल्ला उद्योग वाणिज्य संघले तिव्रमा तयारी थालेका छन् ।

अहिले स्टल बुकिङ्ग  अग्रिम बिक्री भइरहेको छ । इच्छुकहरुलाई समयमै सम्पर्क गर्न आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदाले आग्रह गरेका छन् ।  

महोत्सवमा व्यवसायीक प्रचारप्रसारका लागि ब्यानर राख्ने सुविधा मिलाएका छन् । जसमा व्यवसायीले केही न्युनतम शुल्क तिर्नुपर्ने हुन्छ । विभिन्न साईजको ब्यानर (फ्रेमसहित पनि) राख्ने सुविधा छ । शुल्क तिरेपछि ब्यानर आयोजकले आफैं प्रिन्ट गरी ठाउँठाउँमा लगाउँछन् । 

यसरी ब्यानर लगाउँदा महोत्सव अवधिभरि उक्त व्यवसायीलाई अफरमा दुई वटा पासको पनि व्यवस्था गरेको छ ।

१. ब्यानर मात्र, साईज 6`×4` रु. ३०००।–
२. ब्यानर फ्रेमसहित, साईज 6`×4` रु. ५०००।–
३. ब्यानर फ्रेमसहित, साईज 10`×4` रु. १०,०००।– 

कुन दिन कुन कलाकार आउँदैछ हेर्नुस सूची

चैत ३० गते

१. प्रिति पासमान
२. आशिष अविरल
३.  र्‍याप आयुष अधिकारी

बैशाख १ गते

१. राज कुस्मे
२. अन्जिला रेग्मी
३.  र्‍याप आयुष अधिकारी
४. विना धिताल, डान्सर

बैशाख २ गते

१. अनु चौधरी
२. प्रमोख जख्मी
३. विना धिताल, डान्सर
४. मनिष चौधरी

बैशाख ३ गते

१. सुनिल पंडित
२. सोमिया पोखरेल, डान्सर
३. बेनिसा पौडेल

बैशाख ४ गते

१. अन्जु कुस्मे
२. मानस राज
३. बबिता धिताल, डान्सर
४. जागेश ठाकुर

बैशाख ५ गते

१. प्रमोद खरेल
२. सोनु कुस्मे
३. बबिता धिताल, डान्सर
४. तेजु मैथिल

बैशाख ६ गते

१. अक्षरा सिंह, टीमसहित
२. रचना रिमाल
३. रोसनी चौधरी, डान्सर

बैशाख ७ गते

१. धुर्मुस–सुन्तली
२. महेश काफ्ले 
३. रोसनी चौधरी, डान्सर

बैशाख ८ गते

१. अस्मिता अधिकारी
२. प्रिती पासमान, डान्सर
३. कर्णराज गिरी
४. श्रृस्टि उर्गकोटी, डान्सर
५. रुद्रसेन विश्वकर्मा

बैशाख ९ गते

१. मिलन कुवर
२. कमल खत्री
३. श्रृस्टि उर्गकोटी, डान्सर
४. सरोज सन्त

बैशाख १० गते

१. राजारानी सिवाकोटी
२. सहिमा श्रेष्ठ
३. बन्दना विश्वकर्मा
४. अनुराधा चौधरी