पवन सारडाले गरे लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने प्रतिवद्धता

लहान । उद्योगपति, तत्कालिन संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पवन सारडाले लहानमा चाहिने जति अक्सिजन सिलिन्डर र औषधी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरण लहान नगरपालिकाको अनुरोध २५ वटा सिलिन्डर सहयोग गरेका छन् । 

लहान पोस्ट्सँग कुरा गर्दै उद्योगपति सारडाले भने,‘यस क्षेत्रका सांसद प्रदीप गिरीले संकटमा सबै मिलेर सहयोग गर्नुपर्ने अनुरोध गर्नुभएको छ । उहाँको आग्रहमा गत वर्षपनि सारडा र मुरारका परिवारले २ सय क्वीन्टल चामल राहत वितरण गर्न सहयोग गरेको थियो ।’ आफु भौतिक रुपमा उपस्थित नभएपनि माग अनुसार सक्दो औषधी र आइसोलेसन सेन्टरमा सिलिन्डर सहयोग गर्न तयार रहेको उनले सुनाए ।

कोरोना संक्रमण जोखिम घटाउन आफुले सँधै सहयोग गर्न तत्पर रहेको उनले सुनाए । सारडाका लहानकै वासिन्दा हुन् । अहिले उनी विराटनगरमा बसाई सरेका छन् ।