लागुऔषधसहित सिरहाबाट तीन जना पक्राउ

लहान । सिरहा नगरपालिका–१७ काली चौकबाट तीन जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय माडरबाट खटेका प्रहरी टोलीले पक्राउ गरेका छन् । 

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–११ सितापुरका २२ वर्षीय सुरेन्द्र कुमार महरा, सोही नगरपालिका–९ का २२ वर्षीय अरबिन्द मण्डल, २३ वर्षीय अनिल मण्डल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट अण्डरवियरभित्र लुकाई छिपाई राखेको प्लाष्टिकसहित ०.६३ ग्राम खैरेहिरोइन जस्तै देखिन लागुऔषध बरामद गरेका छन् । 

उनीहरु सवार प्रदेश२–०१–००१प ५९४६ नम्बरको मोटरसाइकलसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।