प्रदीप गिरिको स्मृतिमा ६२ जनाद्वारा लहानमा रक्तदान : श्रद्धाञ्जली दिनेहरुको ओइरो

लहान । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको प्रथम स्मृति दिवसमा लहानमा ६२ जनाले रक्तदान गरेको छ । 

नेपाली कांग्रेस लहान नगर कार्य समितिले उक्त रक्तदान र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । गाउँगाउँबाट आएका युवाहरुले रक्तदान गरेको थियो । कांग्रेसका जिल्ला सभापति देखि क्रियाशिल सदस्य सम्मका सैयौँ व्यक्तिहरु श्रद्धाञ्जली व्यक्त ओइरो लागेको थियो ।  

यसअघि लहानमा कहिलेपनि यतिको संख्यामा रक्तदान नभएको ब्लड बैँक लहानले जनाएको छ । रक्तदानसँगै स्वर्गीय गिरिको तस्विरमा फुल र अबिर अर्पण गरी नेता तथा समाजसेवीहरु श्रद्धाञ्जली दिएका थिए । 

कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, क्षेत्रीय सभापति महेश चौधरी, जिल्ला सचिव शैलेन्द्र यादव, महासमिति सदस्य रामसुन्दर चौधरी, पुनम चौधरी, अच्छमितलाल चौधरी, महाधिवेशन प्रतिनिधि अरुण केसी, महाधिवेशन प्रतिनिधि तथा सखुवानन्कारकट्टि–१ का वडा अध्यक्ष संजय यादव, स्वर्गीय गिरिको छोरा सन्तोष गिरि, जिल्ला सदस्य सर्मिला पाेखरेल, मधेस प्रदेश  महाधिवेशन प्रतिनिधि उमेश यादव, नेपाल महिला संघको जिल्ला अध्यक्ष तथा धनगढीमाई नगरपालिकाका उपमेयर संगिता चौधरी, लहान–१३ का वडा अध्यक्ष मनोज कोइराला, लहान–२२ का वडा अध्यक्ष श्याम अधिकारी थारु, लहान–१ का वडा अध्यक्ष युगल चौधरी, किसान संघको जिल्ला अध्यक्ष राजेश थापा, नेवि संघ जिल्ला अध्यक्ष पप्पु यादव, कांग्रेस नेता फुलेश्वर महतो, विष्णु साह बनियाँ, क्षेत्रीय कोषाध्यक्ष प्रमोद चौधरी, सह–सचिव मुकेश महतो, नेवि संघ केन्द्रीय सदस्य सुदिप महतो, जे.एस.मुरारका क्याम्पस स्ववियु सभापति रामकृष्ण यादव, सचिव मनिष चौधरी लगायत नेताहरुको उपस्थिति रहेको नगर सभापति सितल प्रसाद चौधरीले जानकारी दिए । 

‘यस वर्ष समान्य रक्तदान र श्रद्धाञ्जली कार्यक्रम गरी उहाँ(गिरि)लाई सम्झना गरेका छौँ,’ नगर सभापति चौधरीले भने,‘अगामी दिनको उहाँको विचारलाई युवामाझ पु¥याउन विभिन्न ठाउँमा विचार र विमर्श कार्यक्रम सञ्चालन गर्छौ ।’ सम्पूर्ण महान रक्तदाताहरुलाई नगर सभापति चौधरीले धन्यवाद ज्ञापन गरेका छन् । 

स्वर्गीय गिरिको घर लहान नगरपालिका–१४ वस्तीपुर हुन् । उनी यसक्षेत्रका पूर्व सांसद पनि हुन् । ०७४ मा उनी निर्वाचित भएका थिए । उनको उपचार एक वर्ष पहिले काठमाण्डौँको मेडिसिटी हस्पिटलमा क्यान्सर संक्रमणले भएको थियो ।

रक्तदान कार्यक्रमका लागि लहान नगरपालिका र एग्रो थाई फुड्र्स प्रालि कमलादी काठमाण्डौँका जिएम विकास बराल, अल नेपाल सेल्स हेड पवन कुमार श्रेष्ठ र एरिया सेल्स मेनेजर विक्रम हमालले जुसहरु सहयोग गरेको थियो । सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई नगर सभापति सितल चौधरी धन्यवाद ज्ञापन गरेका छन् । साथै सम्पूर्ण रक्तदाताले एग्रो थाई प्रालिका म्याक्स टाइगरलगायत जुसको प्रशंसा गरेको थियो ।  

 

]