आफुमा विवाद नगरौँ : ‘घरघर जाउँ, कांग्रेस जिताउ’

आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । पार्टीले केन्द्रदेखि वडा तह सम्म ‘घर घर जाउ, कांग्रेस जिताउ’ अभियान सुरु गरिसकेको छ । वडा समिति सम्मलाई निर्देशन दिइसकेको छ । धेरै पालिका, वडा, क्षेत्रमा कार्यक्रम चलिरहेको छ । लहान नगरपालिकामा अभियान सुस्त जस्तै भएको छ । यो यस्तो किन भयो ? जिल्लाका मुख्य नेताहरु एकै मञ्चमा किन बस्न नसकेको हो ? यसको लागि पहलकदमी कसले गर्ने ? आउनुस हामीमा विवाद नगरौँ, घरघर जाउ, कांग्रेस जिताउ अभियानमा लागौँ ।

केन्द्रीय परिपत्र अनुसार जिल्लाले निर्देशन गरिसकेको छ । क्षेत्रीय कार्यसमितिले पनि ४१ वटै वडामा कार्यक्रम गर्ने योजना बनाईसकेको छ । लहान नगर र प्रदेशसभा ‘क’ले पनि कार्यक्रम थाल्यो । त्यसमा गुटको झल्यो दियो । किन यस्तो ? पार्टीभित्रको विवादमा पार्टीमा गरौँ । अहिले जनताको चुनावमा आइसक्यो । हामी मिलेर जनतामा जाउँ । कांग्रेस जित्ने वातावरण बनेको छ । यस्तोमा विवाद राम्रो हुँदैन । यसमो कोही कसैले विवाद नगरौँ । 

मेरो अनुरोध छ – वडा, गाउँका कार्यकर्तालाई कोही नेताले बझाउने काम नगरौँ । होला हामी धेरै साथीहरुबीच राजनीतिक विवाद छ । त्यो पार्टीमा गरौँ । टिकटको दौडधुप छ । सबै टिकटको लागि प्रयास गरौँ । जसले पाउँछ, सबैले मिलेर उसलाई जिताउन एकजुट भएर लगौँ । 

लहान नगर, प्रदेशसभा, क्षेत्र एकै ठाउँमा जिल्ला कार्यसमितिको समन्वय गरी कार्यक्रम लिएर गाउँगाउँ वस्ती वस्ती, घरघर हिडौँ । 

जनताले यो विगत पाँच वर्षमो धेरै पिरमार्का खेपेका छन् । कार्यकर्ताले दुःख पाएका छन् । हामी हिजोअस्ती सम्म सँगै संघर्ष गर्यौँ । विकासको नाममा भ्रष्टाचार हुँदा विरोध गर्यौ । आज हामी आफैँमा विभाजित कि हुने ? आपसी विवादमा फेरी भन्छु पार्टीमा गरौँ । जनताको चुनावमा एक ढिक्का भएर कांग्रेसलाई जिताउन लागौँ । जय नेपाल । 

लेखक महतो नेपाली कांग्रेस सिरहाका उपसभापति हुन् ।