गरिबको मसिहा ‘महेश चौधरी’ स्याबास !

नेपाली कांग्रेस सिरहा प्रतिनिधिसभा क्षेत्र १ का सभापति तथा समाजसेवी महेश चौधरीजीले पछिल्लो पटक ‘एक घर, एक झुल’ वितरण अभियान थालेको छ । उहाँले लहान नगरपालिकाको विभिन्न वडाको बस्तीमा गएर गरिबको घर घरमा झुल वितरण गरिरहेको छ । दुई हजार परिवारलाई झुल वितरण गर्ने लक्ष्य लिएको छ । गर्मीको महिना सुरु भएको छ । लामखुट्टे प्रकोप बढ्दो छ । लामखुट्टेको टोकाईबाट हुने सम्भावित रोगबाट जनताले राहत पाउने अपेक्षा छ ।

यो त भयो उहाँको पछिल्लो अभियान । यसअघि हरेक महिना २२ गते विपन्न वस्तीमा राहत वितरण गर्दै आएको छ । २२ गतेको सन्दर्भ जोडिएको छ, उहाँको स्वर्गीय पत्नी संगीता कर्माचार्यसँग । कर्माचार्य केही महिनाअघि कोरोना संक्रमति भई अल्पआयुमै ज्यान गुमाएका थिए । उनी गाउँगाउँमा राहत वितरण गर्ने क्रममा संक्रमित भएका थिए । 

कोरोना संक्रमणको पहिलो चरणको लहरमा देशभरि लकडाउन भयो । खासगरी गरिब मजदुरहरुको रोजगारी गुम्यो । घरमा बस्नु पर्यो । छाक टार्न धौँ धौँ परेको थियो । यो समयमा पीडामा बसिरहेको जनताहरुले सहयोग खोजिरहेका थिए । राजनीति गर्ने धेरै नेताहरु चुप लागेर बसेको थियो । जनप्रतिनिधिहरु पनि जनतालाई पीडामा मल्हम लगाउने योजनाहरु सुरु गरेका थिएनन । 

कांग्रेस नेताहरु यसै क्षेत्रका सांसद प्रदीप गिरीनिर डेलिकेसन गएका थिए । भेटघाटमा गिरीले गाउँगाउँमा राहत वितरण मार्फत जनतालाई सहयोग गर्नुपर्ने योजना अघि सारे । त्यसको नेतृत्व लिन महेश चौधरी र संगीता कर्माचार्य अगाडी सरे । 

सौभाग्यवस मेरै वडा लहान नगरपालिका २४ बाट उहाँहरुले जनतलाई घरघरमै गएर सहयोग गर्ने कार्यको थालनी भयो । पहिलो चरणमा साबुन, सेन्टिाइजर मास्क वितरण गर्नुभयो । त्यही क्रममा जनताहरुले हामीलाई छाक टार्न समस्या भएको दुखेसो सुनाए । त्यसपछि उनीहरु साबुन, सेन्टिाइजर, मास्कसँगसँगै खाद्यन्न सामग्री वितरण सुरु गर्न थाले ।

पहिलो र दोस्रो चरणको कोरोना कहरमा उहाँहरुले ५ हजार परिवार भन्दा बढी परिवारलाई घरघरमा खाद्यान्न सामग्री पुगाए । त्यस कार्यमा चौधरीका साथीभाई, छोराछोरी, सांसद गिरी सहयोग गरे । 

कोरोना कहरमै राहत वितरण क्रममा संगीता संक्रमित भइन । उपचारको क्रममा ज्यान गुमाईन । उहाँको सपनालाई साकार पार्न कतै बिचलित नभई चौधरीले ‘संगीता कर्माचार्य स्मृति प्रतिष्ठान’ गठन गरे । अहिले त्यस मार्फत सामाजिक अभियान चलाईरहेको  छ । विद्यालयमा बालबालिकालाई लुगा, गर्भवति सुत्केरीलाई पोषण, युवाहरुलाई खेलकुदमा सहयोग, पर्यटक स्थल झवाई खोल्सीमा मन्दिर निर्माण, वडा १६ का विकट वस्तीका वृद्धहरुलाई आँखा उपचार, लगायत दर्जनौँ सामाजिक अभियानको कामहरु गर्दै आएको छ । यो सबै हेर्दा उनी गरिबको मसिहा बनेर आएको देखिन्छ ।

अहिले बजारमा धेरै टिकाटिप्पणी गर्नेहरुले गरिरहेको छ । यो राहत वितरण कार्य मार्फत राजनीतिक गरिरहेको छ । म भन्छु । अरु थुप्रै नेताहरु लहानमा विभिन्न पार्टीको छ । उनीहरु किन गरिब जनताको घर घरमा महेश जस्तै राहत लिएर पुगेनन ? के जनता सबैको लागि होइन र ? मात्रै चुनावमा जाने अरु समय नजाने ? 

जनताहरुको समस्यमा महेशले देखाएको उदारभाव उदाहरणीय छ । महेशजीले साच्चै जनताको दुःख दर्दमा घर घर पुगेको छ । अगाडी बढ्नुस हाम्रो साथ, सहयोग छ । स्याबास महेशजी !    
 

लेखक राउत मानवअधिकारकर्मी हुन् ।