सामसुङ्ग एस–२२ मोबाइलको प्रि–बुकिङ्ग लहानको एभरेष्ट डिजिटलमा सुरु

लहान । लहानको आधिकारिक बिक्रेता एभरेष्ट डिजिटलमा सामसुङ्ग ग्लाक्सी एस–२२ अल्ट्रा मोबाइलको प्रि बुकिङ्ग बुधबारदेखि सुरु भएको छ । २३ फेव्ररीदेखि ८ मार्च सम्म बुकिङ्ग हुने अवधि तोकिएको छ । 

मोबाइल बुकिङ्ग गराउने ग्राहकलाई फ्रि गिफ्टको व्यवस्था गरिएको छ । ६ देखि १८ महिना सम्म सरल किस्ता बन्दीमा मोबाइल उपलब्ध गराउने एभरेष्ट डिजिटलका सञ्चालक धन्नजय गुप्ताले जानकारी गराए । उनका अनुसार नेपालमा नाम चलेका हरेक कम्पनीको मोबाइललगायत प्रविधि उपकरणहरु यहाँ बिक्री भइरहेको छ ।