कांग्रेस सिरहा अधिवेशनमा भ्रमपूर्ण भाषण बन्द होस्

नेपाली कांग्रेस सिरहाको जिल्ला अधिवेशनको निर्वाचन फाल्गुन १५ गते हुँदैछ । त्यस क्रममा उम्मेदवारहरुले आ–आफ्नो प्रचार प्रसारमा तिव्र रुपले खटिएको छ । यस पटक सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादव दुवै जनाले प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । 

प्रचार प्रसारमा स्थानीय तह, वडा स्तरको नेता कार्यकर्तालाई स्थानीय तहको टिकट वितरण विषयमा एक पक्षबाट भ्रम फैलाउने त अर्को पक्षबाट भ्रम चिर्ने काम भइरहेको छ । रामचन्द्र यादवले ठाउँठाउँमा आफुले नै टिकट वितरण गर्ने पटक पटक विवादित भाषण गर्दै आएको कांग्रेस नेताहरुको आरोपछ । स्वयं रामचन्द्र यादवको फेसबुक लाइभमा कतिपय भाषणमा बोलेकै देखिन्छ । उनी विधि, विधान, प्रक्रियाको कुरालाई छायामा राखेर जो सभापति उही सर्वोपरी भनेर अर्थआउँदै आएका छन् ।

त्यो भ्रमलाई चिर्दैछ, रामसुन्दर पक्षका नेताहरु । 

के जिल्ला सभापतिले नै टिकट बाड्ँछ त ? 

वडा अध्यक्षको टिकटमा सम्पूर्ण अधिकार सर्वप्रथम वडा समितिलाई हुन्छ । त्यहाँ सर्वसम्मती नभएपछि तीन जना उम्मेदवारको नाम नगर समितिमा जान्छ । त्यहाँबाट प्रदेसभा हुँदै क्षेत्रीय समितिमा जान्छ । त्यहाँ मेयर पदका उम्मेदवार शिर्ष नेता, क्षेत्रको पदाधिकारीहरुबीच छलफल भएर एक जनालाई वडाको टिकट सिफारिस गरिन्छ । 

अब प्रश्न उठ्छ किन भ्रमपूर्ण भाषण कार्यकर्ता समक्ष दिन्छन उम्मेदवारहरु ? 

यहाँ आफ्नो पक्षमा कसरी क्षेत्रीय प्रतिनिधि तान्ने त्यो कसरतमा लागेको छ । औरही, सुखचैनाको भेलामा पार्टी जोगाउन रामचन्द्र यादवको प्यानललाई जिताउन भन्दै मत माग्दै थिए रामबाबु यादव । उनी आफुपनि सहसचिवको उम्मेदवार हुन् । 

यहाँ उहाँलाई प्रश्न छ ? 

अघिल्लो कार्यकाल रामचन्द्र यादवकै नेतृत्व थियो । पार्टी कसरी खतरामा पर्यो र अहिले बचाउने कुरा आयो । कसको कारण खतरमा आयो ? गएको स्थानीय तह निर्वाचनमा पार्टीले कसरी लज्जास्पद हार ब्यहोरयो सिरहामा । त्यसको जिम्मेवारी रामचन्द्र यादवको नेतृत्वले लिने कि नाई ? नैतिकताको आधारमा पार्टी सभापति पद छोड्नुपर्छ कि नाई ?  जो बाट पार्टी कमजोर भयो उनैले अरुलाई आरोप लगाउन मिल्छ ? 

(लेखक एसकुमार नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।)