सिके राउतलाई केही प्रश्न ? 

डाक्टर सिके राउत अलग मधेसको नारा उठाउँदै राजनीतिमा आयो । उहाँ सुरुमा स्वतन्त्र मधेस गठबन्धन बनायो । मधेसमा अन्याय, अत्याचार, भ्रष्टाचार बढ्यो भन्दै अहिंसावादी आन्दोलन थाल्यो । उहाँसहितका दर्जनौँ कार्यकर्ता पटक पटक गिरफतारीमा परे । पछि सरकारसँग सम्झौता गरी आफ्नै नेतृत्वमा जनमत पार्टी बनायो । 

अहिले राउत जनमत पार्टीको ब्यानरमा राजनीतिक गतिविधि गरिरहेको छ । केहीदिन अघि जनकपुरमा एक कार्यालय प्रमुखलाई जनमत पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउँदै अमानवीय व्यवहार गरे । राउतले धनुषा, सिरहा, महोतरी लगायत जिल्लाबाट कार्यकर्ता बोलाए । बाँसको भाटा बोकेर कार्यकर्ताले कर्मचारीलाई नियन्त्रणमा लिए । अर्धनग्न बनाए । जीउमा हिलो छयाप्पे । धक्कामुक्का गरे । बजार परिक्रमा गराए । कार्यालयमा तोडफोड गरे । सिके राउत र उहाँको पार्टीले अमानवीय व्यवहारलाई जनकारवाहीको संज्ञा दिँदै आएको छ ।

घटनामा संग्लन मानिसहरु पक्राउ परेका छन् । जनमत पार्टीले उनीहरुलाई बिना सर्त रिहाईका माग गर्दै आन्दोलनरत छन् । अर्कोतिर, पेशागत संगठन, कुशवाहा जातिय संगठनलगायत अन्य पार्टीले अपराध गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलनरत छन् । सरकारका गृहमन्त्रीले अमानवीय व्यवहार गर्नेलाई कारवाही हुने प्रतिक्रिया दिँदैछ ।   

यो घटनापछि विभिन्न प्रतिक्रिया आउन थालेको छ । अहिंसावादी हिंसावादी भएको कुराहरु बाहिर आउन थालेको छ । कोही व्यक्तिले विकास निर्माणमा ढिलाई भएको र भ्रष्टाचार बढ्दै गएको भन्दै यो घटना समान्य रहेको बताउँदै आएको छ । स्वंय जनमत पार्टीले पटक पटक ध्यानाकर्षण गराउँदा सुनुवाई  नभएपछि यो घटना गराएको स्वीकार गर्दै आएको छ । अर्कोथरिले भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने तर, गुण्डागर्दी शैली ठिक नभएको बताउँदै आएको छ । गुण्डागर्दी शैलीको विरोध गर्दा राउतका कार्यकर्ताले तिनीहरुलाई भ्रष्टाचारको साथ दिएको आरोप लगाउँने गरेको छ । 

अब, सिके राउतलाई केही प्रश्न 

१. भ्रष्टाचार, अपराध गर्नेलाई कारवाही गर्ने कानूनी बाटो हुँदाहुँदै यसरी विभिन्न ठाउँबाट मानिसहरु बोलाएर कुनै व्यक्तिलाई अमानवीय व्यवहार गर्ने घटना जायज हो त ? यसले भविष्यमा समाजलाई के सन्देश दिन्छ ?

२. अहिले अपराध गर्नेलाई प्रहरी प्रशासनले कारवाही प्रक्रियामा लगेको छ । तपाई र तपाईको पार्टीले बिना सर्त रिहाईको माग गर्दै आन्दोलनरत छन् । तपाई नै भन्नुसन्, मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापामारी गर्दा जसपाले विरोध गर्नु र तपाई कानून विपरित काम गरेको कार्यकर्ताको बचाउमा थालेको आन्दोलनमा के फरक छ ? जसपाले भ्रष्टाचार छानबीनको शैली ठिक नभएको र भ्रष्टाचार नभएको दाबी गर्दैछ । तपाई अपराध नभएको बताउँदै आउनु भएको छ । अख्तियारले कागजात लगेको छ । कहि भ्रष्टाचार प्रमाणि भयो भनि जसपाले भ्रष्टाचार संरक्षण गर्ने र जनकपुरमा पक्राउ परेकाहरुमाथि घटना प्रमाणित भए तपाई अपराधी संरक्षण गर्ने कहलाउनु हुन्छ कि नाई ? 

३. स्वतन्त्र मधेस गठबन्धन पछि पार्टी गठन गर्दा लक्ष्यबाट बिचलित नभई बाटो अर्को मात्रै अपनाएको प्रतिक्रिया दिँदै आउनु भएको होइन् र ? अजादीको नारालाई तपाई जनमत पार्टीलाई चुनावमा मत दिनुस हामी बेथितिबाट अजादी दिलाउँछौँ भनेर अथ्र्याउनु भयो होइन र ? अहिले आएर जनमत पार्टी र गठबन्धनलाई एकसाथ हेर्न नहुने बताउँदै हुनुहुन्छ हैन ? गठबन्धनको आफ्नो लक्ष्य, सिद्धान्त र रणनीति थियो । जनमत गठबन्धन होइन तपाईको सचिवालय र नेता कार्यकर्ताले समाजिक संजालमा बताउँदैछ । त्यो दिन सक्यो भन्दैछ । यसको मतलब स्वतन्त्र मधेस गठबन्धनको नाममा जुन जुन गतिविधि गर्नुभयो त्यसको कुनै जिम्मेवारी लिई दिन्न भन्ने हो नी ? यसपछि इमोसनल नारा दिएर ‘ब्लयाकमेल’ गर्न हजारौँ मधेसीलाई आन्दोलनमा ल्याएको, दुःख कष्ट भोगाएको, आन्दोलनको नाममा आएका चन्दा, सहयोग रकम भ्रष्टाचार गरेको आरोप किन नलगाउने ?

४. तपाईले जनमत पार्टी बनाएपछि जेल जिवन बिताएका केही आफ्नै साथीलाई विभिन्न आरोपमा लगाएर पार्टीबाट निकाल्नु भयो हैन ? उनीहरुलाई विधान अनुसार कारवाही गर्नुभयो र कर्मचारीलाई कानून मिचेर अमानवीय व्यवहार ।

५. जनकपुर घटनापछि तपाई बर्दिवासमा जनमतको वडा अधिवेशनमा बोल्नुभयो । हामीले सामाजिक संजालमा भिडियो सुन्यौँ । तपाई भन्नु हुदै थियो कि यहाँ १ सय करोड भन्दा बढी बजेट आयो, तपाई(जनताहरु) कति पाउनुभयो ? बजेट यसै बाड्दा हरेक घरमा २÷५ लाख हुन्थ्यो । त्यसो जनप्रतिनिधिले गरेनन । सबै खायो । जति बजेट आयो सबै खाएको नै होला त ? त्यसमा सामाजिक सुरक्षा भता, विद्यालयको खर्च, तलब, औषधी, केही त्यहाँको जनताले पाएनन र ? अर्को कुरा पनि बोल्नुभएको थियो, त्यो मधेसी र पहाडी समुदायबीचको मित्रता भड्काउने कुरा होइन ? मधेसको लडाई शासक वर्गसँग छ कि सम्पूर्ण पहाडी समुदायसँग सिके राउतजी प्रस्ट पारिदिनु ? शासक वर्गमा पहाडी समुदाय मात्रै छ र ? समुदाय–समुदायबी द्वन्द्व फैलाउने भाषणले समाजलाई कस्तो असर पार्छ ?