नागरिकता विधेयक जारीपछि सिरहाका सिडियोले यस्तो प्रतिक्रिया जनाए

‘जन्मकोआधार’ मा नेपाली नागरिकता लिएका व्यक्तिको सन्तान अर्थात छोरा छोरीले ‘वसज’ नेपाली  नागरिकता पाउने हालको संवैधानिक ब्यवस्था छ । हेर्नुस् नेपालको सम्विधान भाग २ । हालको संविधानले अब नयाँ ‘जन्मको आधार’ वा ‘जन्मसिद्ध’ नागरिकता जारी गर्ने ब्यवस्था गरेको छैन ।
 
२०७८ जेष्ठ ९ गतेमा जारी नेपाल नागरिकता सम्बन्धी अध्यादेश २०७२ सालमा जारी नेपालको संविधानको भग २ को कानुनी ब्यवस्था हो । सर्वोच्च अदालतले कानुन बनाएर सो ब्यवस्था लागू गर्न यस अघिनै परमादेश जारी गरेको थियो । धेरैले सर्वोच्च अदालतले रोकेको अर्थ पनि लगाएका थिए । जुन गलत हो । 

संसद वाट विधेयक पारित नहुने, हाल संसदको अधिवेशन हुन नसक्ने अवस्थामा भएकै संवैधानिक ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार (मन्त्री परिषद्) को सिफारिशमा राष्ट्रपतिबाटसो अध्यादेश जारी भयो । जुन पहिल्यै ऐनको रुपमा आउनु पर्दथ्यो ।

अब वितरण ब्यवस्था पारदर्शी , ब्यवस्थित र प्रभावकारी तुल्याउन आवश्यक छ । यस सम्बन्धी वितरण  प्रणाली वारे गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन, ईलाका प्रशासन र सिमा प्रशासन कार्यालयलाई एकरुपता हुने निर्देश तत्काल आउने अपेक्षा गर्नुपर्दछ ।

तत्कालको चुनौती :

- कोभिड–१९ संक्रमण जोखिमबीच  एकै पटक भिड बढ्ने ।

- हाल नागरिकता लिने सेवाग्राहीको सबै कागजत स्क्यान गर्नु पर्ने, स्क्यानर र प्रविधिको पनि कमी, न्यून कर्मचारी , इन्टरनेट स्लो समेतले गर्दा दैनिक वितरण संख्या – मागको अनुपातमा कम हुने ।

प्रभावकारी ब्यवस्थापनका उपाय :

- कोभिड १९ संक्रमण नहुने गरि सेवाको वैकल्पिक उपाय अवलम्बन गर्ने ।

- भिड ब्यवस्थापनका लागि वितरण क्षमता अनुरुप टोकन प्रणाली लागू गर्ने वा पालिकागत आलोपालो तोकि पहिल्यै सूचना जारी गर्ने ।

- बिचौलिया घुस्न नपाउने गरि निगरानी सयन्त्र खडा गरि नियमित र आकस्मिक सुपरिवेक्षण गर्ने ।

- कसको काम कहाँ पुग्यो वा कसको काम सकियो भनी फाट बाटै माईकिङ्ग गर्ने गरि ध्वनी वडा पत्र अवलम्बन गर्ने ।

- बाबू आमाको अभिलेख भिडाउने ।

- अन्य जिल्लाको VPN चेक गर्ने ।

- बाबू आमा र भए दाजु दिदिको नागरिकता को प्रमाण सलग्न गर्ने ।

- जन्म दर्ता र भए – जन्म मिति समेत खुल्ने शैक्षिक योग्यताको प्रमाण सलग्न गर्ने ।

- किटानी सिफारिश सहितको अनुसूची १ वा तोकिएको अनुसूची साथ सनाखत गराउने ।

- कम्तीमा पनि हरेक स्थानीय तहको छुट्टा छुट्टै वितरण पुस्तिका खडा गरि अनुसूची लगायतका कागजात पालिकागत रुपमा छुट्टिने गरि राख्ने ।

- यस किसिमको वितरित नागरिकताको दैनिक संख्या अद्यावधिक गरि गृह मन्त्रालयमा दैनिक र मासिक रुपमा प्रतिवेदन गर्ने ।

- यस्तो नागरिकता पाउनेको मासिक विवरण रहेको रजिस्टर उतार सम्वन्धित न पा ÷ गा पा मा पठाउने । यसकालागि लाग्ने खर्च सम्बन्धित न पा / गा पा ले ब्यय गर्ने गरि समन्वय गर्ने ।

- सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्दै वितरण एबम अभिलेखलाई वस्तुनिस्ठ तुल्याउने ।

(सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलको फेसबुकबाट)