‘असहज परिस्थिति भित्र सहजता खोज्दै अघि बढ्ने प्रयत्नमा छौं’ : पाण्डव हमाल ठकुरी

एन.प्याब्सनका केन्द्रीय सल्लाहकार तथा लहान मेरी चिल्ड्रेन हाई स्कुल लहानका प्रीन्सिपल पाण्डव हमाल ठकुरी ।

लहान  । विश्वमा कोरोना महामारीको दोश्रो लहर फैलिरहेका कारण त्यसको प्रत्यक्ष प्रभावबाट हाम्रो  मुलुक अछुतो हुन सकेन । नेपालमा पनि अधिकांस सहरमा लकडाउनको लहर चलेको झण्डै  १ महिना हुन लागिसक्यो । यो अवधिमा देशमा कतिपय आयोजनाहरु बिगतमा झै ठप्प हुने सम्भावना देखिन्छ । अर्थतन्त्रमा ठूलो संकट आउने देखिन्छ । यो सँगै पहिलो चरण मै  पुर्णरुपमा ठप्प गरिएको शिक्षा क्षेत्रमा ठूलो समस्या पैदा भएको छ ।

बिगत बर्ष २०७६ को एसईईदेखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित भए झैं यस बर्ष के हुने भन्ने चौतर्फी चासो र चिन्ताको बिषय बनेको छ भने फेरी पनि नयाँ शैक्षिक सत्र नै भत्किने खतरामा  छ । शिक्षासंग सम्बन्धित तालुक अड्डा यस कुराहरुमा अझै मौन अर्थात उदासिन देखिन्छ । कहि कतैबाट छालफल र बहस भएको देखिदैन ।

यी र यस्तै कारणले गर्दा आम शिक्षाकर्मी संचालक , अभिभवक र बिद्यार्थी समूह त्यसबाट बिगतमा प्रत्यक्ष  प्रताडित हुनु पर्यो । तर पनि हामी यो असहज परिस्थिति भित्र सहजता खोज्दै अघि बढ्ने प्रयत्न गरिहेका छौँ ।

भौगोलिक र आर्थिक रुपले कतिपय चुनौतीहरु छन् हाम्रो सामु । हाम्रो जस्तो अल्पविकसित मुलुकमा प्रविधिको खासै विकास भएको देखिदैन र बिगतले सिकाएको पाठबाट सिक्ने तयारी समेत गर्न सकेन  तरपनि अनलाईन, भर्चुअल  शिक्षणका कुराहरु बहसका रूपमा चहिरहेको छ, यसर्थ आनेकौ सम्भावनाका बीचमा  यो नै अन्तिम विकल्प हो भन्न सकिने अवस्था पनि छैन ।

प्रजातन्त्र स्थापना भए पश्चात नेपालको शिक्षालाई सम्झिँनै पर्छ । प्रजातन्त्र वहाली हुनुभन्दा अगाडि राज्यले जुन हिसाबले शिक्षाको व्यवस्थापन गरेको थियो । पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यार्थीहरुको उपस्थिति, शिक्षण पद्धति त्यसमा राज्यका सम्बन्धित निकायले पक्कै सुधार गरेकै हो । अहिलको २१ औँ शताब्दिमा फड्को मारीसकेको सन्दर्भमा अझैपनि धेरै कुरामा कमीकमजोरी देखिन्छ ।

अझै पनि कतिपय कुराहरुमा हामी कमजोर रहेछौँ, हाम्रो दुरदृष्टि पुगेको रहेनछ भन्ने कुरा अहिलेको असहज परिस्थितिले देखाएको छ । हुनत यो भन्दा अगाडी २०७२ सालको बिनाशकारी भुकम्पले पनि हामीलाई केही धक्का लगाएकै थियो । त्यतिबेला नै हामीले शिक्षा लगायत अरु कुरामा योजना बद्ध तरिकाले अगाडी बढाउन हामी चुक्यौ  त्यतिखेर भबिष्यमा हुन सक्ने दैवीप्रकोप वा महामारीका सवालहरुमा केहि कुराहरु उठाउनु पर्ने अर्थात चिन्ता र चिन्तन गर्नु पर्ने थियो त्यो विर्सियौँ ।

तर २०२८ साल पश्चात जब निजी विद्यालयलहरु खोल्ने प्रावधान सुरु भयो र २०४६ सालमा आइपुगेपछि जुन ह्वात्तै निजी विद्यालयहरु खोल्ने कदम जारी रह्यो अहिले सम्म आइरहँदा राज्यले जुनजुन ठाउँमा शैक्षिक संस्थाहरु सुरु गरे त्यो सँग–सँगै निजी क्षेत्रमा पनि नेपालकै शिक्षित वर्गसंघर्षका  नागरिकहरुले दुर,दराज, हिमाल, पहाड सबै तिर विद्यालयहरु खोल्ने क्रम जारी राख्यो । यसले निजी विद्यालय स्थापना भएपछि राज्यका २५ देखि ३० लाख विद्यार्थीहरुलाई निजी क्षेत्रले पढाउँदा राज्यको शैक्षिक र आर्थिक भार कमी भयो र निजी क्षेत्रमा कार्यरत १ लाख ३५  हजार शिक्षक, कर्मचारीहरुलाई रोजगारी पनि निजी क्षेत्रका शैक्षिक संस्थाहरुले दिदै आए ।

सामाजिक दायित्वको कुरामा थुप्रै विद्यालयका संचालकहरुले काम गरिरहका छन् र राज्यको अर्थतन्त्रमा पनि निजी विद्यालयहरुले ठुलै रुपमा टेवा पुर्याएका छन् । पटक पटक निजी विद्यालयहरुले अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क लिएको आरोप लाग्दै आएको छ तर सायदै दुनियाँमा कुनै पनि कुरा निःशुल्क र त्यतिकै पाइन्छ जस्तो मलाई लाग्दैन, हरेक कुराको केहि न केही मुल्य छ । वर्तमानको प्रतिस्पर्धी युगमा अगाडी बढ्नका लागि सहज तरिकाले अभिभावकहरुको सहमती अनुसार शिक्षा ऐन र निर्देशिकालाई टेकेर त्यस सँगै भिजेर त्यसमा समायोजन गरेर शुल्क लिनुलाई बढी शुल्क लिएको अर्थमा लिनुपर्छ जस्तो मलाई लाग्दैन ।

अझ शुल्क कै सन्दर्भमा बुझ्नु पर्ने अर्कोकुरा भनेको हाम्रो मुलुकमा तीन थरिका निजी विद्यालयहरु हामीसँग छन् । एउटा थरिका विद्यालय अधिकतम शुल्क लिन्छन जसले मासिक ५० हजार – १ लाख सम्म शुल्क लिन्छन् त्यो भन्दा बढी पनि लिन्छन् त्यो एउटा क्याटेगोरी भयो । एउटा मध्यम खालको र एउटा एकदम न्युन शुल्क लिने खालका विद्यालयहरु पनि छन्  । ४ सय ५ सय र धेरैमा १ हजार शुल्क लिएर पनि ग्रामीण क्षेत्रमा संचालन भएका विद्यालय पनि छन् समग्र रुपमा ती विद्यालयहरुलाई एउटै हिसाबले दाँज्न मिल्दैन । तर ती विद्यालयहरुले पनि शिक्षा ऐन र नियमावलीमा टेकेर शुल्क लिएका छन् । एउटा शुल्क समिति बनेको हुन्छ त्यो आधारमा शुल्क लिने गरेका छन् ।

गुणस्तरी शिक्षाको लागि निजी कि सामुदायिक विद्यालय ?

गुणस्तरी शिक्षाको लागि निजी विद्यालय नै उत्कृष्ट हो भन्ने बुझाई हाम्रो समाजमा छ, तर सामुदायिक विद्यालयहरुले पनि कतिपय ठाउँमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका उदाहरणहरु पनि छन् । तर सामुदायिक विद्यालय र निजी विद्यालयहरुको भिन्नता बारे सबैले देखेकै कुरा हो । ‘भिन्नताको कुरा मैले भन्नुभन्दा पनि सबै पक्ष आम अभिभावक ,नागरिक समाज, सम्बन्धित निकाय, र विभिन्न तथ्यांकले देखाइरहेको छ मैले भन्नुपर्ने आवश्यकता नै छैन, तर फरक हुँदाहुदै पनि सामुदायिक विद्यालयको गुणस्तर खतम छ भन्ने तर्फ म जान्न ।’ सामुदायिक विद्यालयहरुमा पनि राम्रा शिक्षक गुरुहरु छन् । तर अपनत्वको कमी छ । जुन कुरामा लोभ र माया जोडिँदैन तब सम्म त्यो कुराको स्तर बृद्धि हुदैन र निजी विद्यालयहरुमा लोभ छ माया छ संचालकहरुले दिनरात मेहेनत गरेका छन् समय र परिस्थिति अनुरुप आफुलाई बदल्न सक्ने क्षमता राख्दछन  त्यसैको प्रतिफल निजी र सामुदायिक विद्यालयमा केहि फरक देख्न सकिन्छ ।

अहिले दोश्रो लहरका रूपमा देखिएको कोरोना माहामारीका काराण विश्व नै सन्त्रासमय भएको अवस्थामा नेपालमा पनि लकडाउनको लहर छ । फेरीपनी शैक्षिक सत्र नै भत्किने अवस्थामा छ , एसईई देखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित हुने हो कि भन्ने चिन्ता छ । यी सबै कुराहरुलाई जोगउँदै कसरी आगडी बढ्नु पर्ने चुनौती हामीसँग छ । यसको लागि सरकार, शिक्षाका तालुक अड्डा  शिक्षासंग जोडिएका संघ संगठन र निजी क्षेत्र  मिलेर जानुको विकल्प छैन् । यो असहज परिस्थितिमा सहज रुपले हामी सबैले अगाडी बढ्नुपर्छ । लकडाउको बिकल्पका बीच सहजता बनाउदै  अत्यन्तै बैज्ञानिक तरीकाको मोडलमा  स्वास्थ्यको अधिकतम मापदण्डका पलना गर्दै कक्षा १० को एसईई परीक्षा हुनुपर्छ छ ।

शैक्षिकका सवालमा छुट्टै छलफल र बहस हुन जरुरी छ ।  शैक्षिक सत्र सार्न सकन्छ की भन्ने कुरा पनि हो किनकी शुन्य तह देखी नै विश्वविद्यालय तहसम्मका सबै परीक्षा लकडाउनले गर्दा स्थगित हुन सक्ने अवस्थामा शैक्षिक शत्र सार्न सकिन्छ की भनेर सोच्न सकिन्छ । हाम्रो जस्तो अल्पविकसित मुलुकमा भर्खरै प्रविधिको विकास भइरहेको छ । यो अवस्थामा अनलाइन शिक्षण प्रणाली नै अन्तिम विकल्प नहुन पनि सक्छ ।

तर हामीले हुदैँ हुदैँन भनेर पछि पनि हट्नुहुँदैन ।  प्रयास गर्नुपर्छ । यो सन्दर्भमा सबै ठाउँमा सबै संगठनमा छलफल भइरहेको छ । अहिले पनि हाम्रो देशका कतिपय ठाउँमा इन्टरनेटको सुविधा पुगेको छैन तर पनि अनलाईन, भर्चुअल, तथा विभिन्न माध्यमबाट शिक्षण गर्नुपर्छ भने पनि आफैमा चुनौतीपूर्ण छ । विश्वका कतिपय विकसित मुलुकहरुले यसलाई विकसित गरे ३० प्रतिशात मात्रै प्रतिफल हासिल गर्न सकेको तथ्यांक देखिन्छ ।  हाम्रो देशमा हाल  त्यसको सम्भावना ३–५ प्रतिशत न्युन रहेको छ ।

हामी बाध्यात्मक परिस्थितिले कोरोनाको कहरमा हामी घरमा छौँ तर हामीलाई कुनै रहर छैन । कुनै पनि देशको विकासका लागि एउटा कक्षा कोठाको परिधि भित्र रहेका बालबालिकाको मुहारले  निर्माण गर्छ । आजका बालबालिका  नै भोली देशका मेरुदण्ड हुन् र यो विषयमा हामी सबै शिक्षक, अभिभिावक, बुद्धिजीवीहरुले चिन्तन गर्नुपर्ने विषय हो ।
 
यो संकटको घडीमा सबैले मिलेर अगाडी बढ्नु पर्ने र हाम्रो देशमा कोरोनाबाट अन्य मुलुकका तुलनामा  मृत्यु वरण भोग्नु  परेको छैन यो एकदम सुखद पक्ष भएको हुनाले यस संवेदनशिल घडीमा हामी सबै मिलेर सकारात्मक सोचका साथ संयम्तापुर्वक अगाडी बढ्नु पर्ने सल्लाहकार हमालको धारणा छ ।

(एन.प्याब्सनका केन्द्रीय सल्लाहकार तथा लहान मेरी चिल्ड्रेन हाई स्कुलका प्रीन्सिपल पाण्डव हमालसँग गरिएको कुराकानीको सम्पादित अंश )