गोलबजारमा न्यू ग्रीनल्याण्ड होटल सञ्चालनमा

सिरहा । सिरहाको गोलबजारमा एक सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।

गोलबजारस्थित सञ्चालनमा आएको न्यू ग्रीनल्याण्ड होटल एण्ड लजँको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ । ६० लाखको लागतमा सुरु भएको यो होटल गोलबजारमै ठूलो लगानीको सुविधा सम्पन्न होटल भएको सञ्चालक जीबछ साहको दावी छ ।

होटल समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गोलबजारका नगरप्रमुख देवनाथ साहले यस किसिमको सुविधा सम्पन्न होटलको सञ्चालनले गोलबजारको विकासमा अझ थप टेवा पुगेको बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल गरि निति नियम अनुसार होटल सञ्चालन गर्न सुझाव पनि दिए ।