सम्झनामा : माघ ५ अर्थात बलिदानी दिवस

आज माघ ५ गते अथार्त बलिदानी दिवस । वि.सं २०६३ माघ ५ गतेको दिन कलिला यूवक रमेश महतोले शहादत प्राप्त गरेको थियो । त्यही भएर हामीले हरेक वर्ष यो दिनमा सहिदलाई सम्झिन गर्छौँ । घटना भएको बेला म ८ बर्षको थिए । मैले हेरेको र बुझेको कुरा यहाँ लेखेको छु । 

१० बर्षे जनयूद्ध तथा ५ राजनीति दलहरुसँग मिलेर गरेको ठुलो ऐतिहासिक ०६२/०६३ सालको जनआन्दोलनबाट जनताहरू लाभान्वित भए पश्चात तत्कालीन नेकपा माओवादीले संघीयता छाड्दै थियो । त्यही कुरालाई टेकेर नयाँ रणनीतिकबाट अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति असन्तुष्टि जनाउदैँ तत्कालिन मधेसी जनअधिकार फोरमको नेतृत्वमा प्रथम आन्दोलनको शुरुवात

राजेश कुमार महतो

भएको थियो । त्यही आन्दोलनको ठुलो जडभने सिरहा जिल्ला लहान नगरपालिकाबाट सुरूवात भएको देखिन्छन् । सोही सिलसिलामा विर रमेश महतो सहिद प्राप्त भएको थियो । मधेस केन्द्रित दलले ऐतिहासिक मधेस आन्दोलनको पहिलो सहीद रमेश महतोलाई मान्दै आइरहेको छन् ।

 

यसरी भएको थियो महतोको शहादत 

तत्कालीन  माओवादी आन्दोलन र जनआन्दोलनले संघीय एजेण्डालाई माओवादील छाडेको भन्दै माओवादी पृष्ठभूमि बोकेका पुर्व उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री फोरम नेपालका तत्कालिन अध्यक्ष उपेन्द्र यादवको अगुवाई २०६३ मा प्रथम मधेस आन्दोलन भएको थियो । आन्दोलन चर्कंदै जाँदा लहान नगरपालिका भित्र ठुलो संख्या मान्छे विद्यार्थीहरु पनि र रमेश महतो पनि त्यस भिडमा भाग लिन पुगेका थिए । बिस्तारै बिस्तारै त्यसैबीच, लहान हुदैँ पश्चिम तर्फ गईरहेको तत्कालिन माओवादीका नेता राम कार्की मधेस बन्दको क्रममा अवज्ञा गरी गाडी गुडाएको भन्दै मधेसी आन्दोलनकारीहरुको समुहले गाडी चल्न नदिएपछि विवाद सृजना भएको थियो । आक्रोशित आन्दोलनकारीहरुका समूहमा रमेश  महतो अग्रभागमा पुगे, जहाँ माओवादी नेता तथा आन्दोलनकारीहरु बीच विवाद हँुदै थियो । 

अचानक भीडलाई तितरबितर पारेर बाटो खुलाउन प्रहरीले गोली फायर गरे । त्यो भीडबाट चलेको गोली सोझैरमेश महतोको छातीमा लाग्यो । गोली माओवादी कार्यकर्ताले पनि चलाएको थियो । उनको तत्कालै घटनास्थलमै मृत्यु हुन पुग्यो । विर सहिद रमेश महतोको मृत्युपछि अवस्था तनावग्रस्त बन्न पुग्यो । मधेसी आन्दोलनकारीले महतोको शव घटनास्थलबाट उठाउन दिएनन् । बेलुकीपख मातृका प्रसाद यादवले शवलाई उठाएर परिवारजनलाई हस्तान्तरण गर्न खोजेको थियो । आन्दोलनकारीहरु झन उग्र भयो । तोडफोड व्यापक भयो । पछि मधेसी आन्दोलनकारी, मातृकाप्रसाद यादव र मृतकका परिवारजनबीचको सहमतिमा उनको शव परिवारजनले बुझेका थिए । हिन्दु धर्म अनुसार महतोको शवको दाह संस्कार गरिएको थियो ।

यो घटेपछि तराई क्षेत्रमा सबै जिल्लामा आन्दोलन सुरु भयो । यो आन्दोलन पछि मधेसी जनताहरुमा थप हौसला बढ्यो । यसको मौकाको फईदा उठाएर मधेसी नेताहरु केन्द्रसम पुग्यो र सरकारमा पनि बसियो तर अहिले पनि सहिद परिवारको अवस्था जस्तोको त्यस्तै छ । मधेसले अधिकार प्राप्त गर्न सकेको छैन् । विर सहीद रमेश महतोले बलिदान दिएको १४ वर्ष बित्दा पनि तराई क्षेत्रको राजनीति अहिले प्रोपोगन्डा जस्तो हेर्दै छौँ, हामीले । मधेसको नुन रोटी खाएर , मधेसी नेताहरु पछाडिदेखि मधेसी जनतालाई छुरा हान्ने काम बाहेक केही गरेको छैन्, अहिलेसम्म । देश संघीयतामा गएपछि तीन तहको सरकार आएको छ । स्थानीय सरकार, प्रदेश सरकार , र केन्द्र सरकार अझै मधेसमा बस्ने मान्छेहरू  सानोतिनो काम बाहेक सरकारबाट सोचे जस्तो सेवा सुविधा पाएको छैनन् । सरकारका मन्त्री नेताहरुले खाली जनतालाई झुटोे आश्वासन दिँदै आइरहेको छ ।  माघ ५ गते लहानको ऐतिहासिक दिने भएपनि हामीले यसलाई कहिले पनि बिर्सिन सक्दैनौ । हरेक वर्ष माघ ५ गते आउनुभन्दा दुई दिन तीन दिनअगाडि  देखिनौं मधेसी नेताको कार्यकर्ताहरु जय मधेस जय वीर सहिद भनेर गाउँमा नारा लगाउछन । आखिर यो कहिले सम्म हो । अछुते हाम्रो देशको नेताहरु । दिनप्रतिदिन नेताहरु आफ्नो नयाँ नयाँ पार्टी खोल्छन् । र विर सहीदहरूको नामले चुनावमा आउछन् र भोट माग्न जानताको घरैमा गएर चुनाव प्रचार गर्न गर्छन । हामो नेताहरुमा यस्तो घटिया संस्कार सिकाएको छ ।  चुनाव जितेपछि विर सहीदको अपमान गर्ने बाहेक केहि गर्दैन । 

सहिदको बलिदानी साचो रुपमा पुरा गर्न सकेको छैन् । नेताहरु आ–आफ्नो स्वार्थ पुरा गर्न सहिदहरुको बलिदानीलाई सत्तामा पुग्ते सिढि बनाएको छ । अब मधेसका नाममा राजनीति गर्ने नेताहरुले नागरिक समाजले सहिदको सपना साकार गर्न जनदबाब सृजना गर्नुपर्छ ।