धार्मिक कर्म काण्ड–कति सत्य कति अन्धविश्वास

 नेपालमा प्रत्येक धर्मावलम्बीले आ–आफ्ना किसिमले धार्मिक अनुसन्धानलाई सम्पन्न गर्ने गर्छन् । नेपालमा जस्तो विश्वको कुनै मुलकमा पनि यति सा¥हो धार्मिक स्वतन्त्रता छैन । विश्वमा प्रचलित सबै धर्म नभए पनि ९० प्रतिशत धर्मावलम्वीहरु नेपालमा आफ्ना गतिविधिहरु गर्दै आइरहेका छन् । केही बर्ष पहिले राष्ट्रिय धर्म हिन्दु हुँदा अर्थात्  संवैधानिक धर्म हिन्दु हुँदा अरु धर्मको बारे आम नेपालीलाई अत्तोपतो हुँदैन्थ्यो । तर नेपालको संविधान २०७२ बाट धर्म निरपेक्ष राष्ट्र नेपाल भए लगतै सबै धर्मका अनुयाहीहरुले निर्वाध रुपमा र विना रोक टोक आफ्नो क्रिया गर्न पाईरहेका छन् । 

हिन्दु धर्म, बौद्ध धर्म, मुस्लिम धर्म लगायत इत्यादि धार्मिक प्रवृत्तिहरु नेपालमा विशेष चर्चामा छन् । सवै धर्ममा सैद्धान्तिक र व्यवहारिक पक्षमा अत्यन्तै अ–समानता र अन्धविश्वास पाइएको छ । मुस्लिम धर्ममा सैद्धान्तिक विवेचनालाई अध्ययन गर्ने हो भने कसैलाई पैसा ऋणमा दिनु प¥यो भने शुद्ध (ब्याज) नलिनु भने कुरामा स्पष्ट उल्लेख छ । तर व्यवहारमा त्यो छैन रोजा पर्व बस्दा मुस्लिम समुदायमा बच्चा, बिरामी, बूढो र बाटोमा हिंड्ने यात्रु तथा बटुवाले रोजाव्रत नलिने भन्ने उल्लेख छ तर व्यवहारमा त्यो छैन । मापदण्डमा उल्लेख भएको विवरणको विरुद्ध पनि रोजा व्रत लिइरहेका हुन्छन् र जसको असर नराम्ररी किसिमले स्वास्थ्यमा परेको हुन्छ । एक जना मेरा परम मित्र नेपाली कांग्रेसका नेता अब्दुल करीम एक महिनासम्म रोजा व्रत लिई राख्नु हुन्छ र मैले कति चोटी उहाँलाई प्रश्न पनि गर्ने गरेको छ, ए करीम जी तपाईँ त चिनीको विरामी ब्रत नलिंदा पनि हुन्छ, तर उहाँले जवाफ दिनुहुन्छ, होइन धर्म भन्दा ठूलो स्वास्थ होइन र उहाँको शरीर १ महिनामा सुकेर पराल जस्तो हुन्छ र नतिजा के हुन्छ भन्ने लामो समय सम्म उहाँ कमजोरीको शिकार बन्नुपर्छ र काठमाडौं उपचारमा धाउने गर्नुहुन्छ । 

त्यस्तै हिन्दु धर्मको मूल मन्त्र भनेको सत्य, अहिंसा, शान्ति, सद्व्यवहार, परोपकार दाना, यज्ञ तर हिन्दु धर्मकै पूजा भनेर गढीमाई देखि ढोढनाको राजदेवी स्थान सखडा भगवती, कंकालनी देखि देशका अनेकौ स्थानमा लाखौ बलि चढाइन्छ र दावी के गर्छन भने बली चढाउनेको घरमा अकाल मृत्यु हुँदैन, विधवा बन्दैन, सुख शोभाग्यले परिपूर्ण हुन्छ, निसःन्तान व्यक्तिको बालबच्चा हुन्छ । धनको कामना गर्ने मान्छे, धन प्राप्त गरी धनी बन्छ ती सबै परम्परागत क्रियाकलापहरु र कर्मकाण्डहरु घोर अन्य विश्वास छन् । २०७६ सालको घटना हो वैशाख पूर्णीमाकै दिन विद्यानगर, छजना गाउँबाट आएको एक समूह खसी बोका–बोकी गाडीमा लादेर ढोढना बली चढाउन पुगेका थिए र बली चढाउनु भन्दा १ मिनेट पहिले प्रचण्ड गर्मी र लू को कारण उसको अकाल मृत्यु भएको थियो र राजदेवी माताले उसलाई बचाएनन् । 

शास्त्रका अनुसार जीव हिंसा गरेर देवी देवता कहिले खुशी नभएको प्रमाणहरु प्रशस्तै छन् त्यसैले जीव हिंसा र अशान्तिबाट टाढा बस्नु नै कुनै अमूष्क धर्म नभएर समस्टीमा मानव धर्म हुँदैन । संसार र ब्रम्हाण्डको श्रृष्टी भएको बखत देखि ब्रम्हा, विष्णु महादेव, गणेश, भगवती दुर्गा र हुनमानजी के आधारले सारा संसार हिंडेको छ । 

सोभापुरको एक जना मुस्लिम साथी मिन्न तुल्ला भनेले मलाई एकपल्ट भनेका थिए 
राजकुमारजी मुस्लिमहरुको हुँदै सूर्य र चन्द्रमा त छैन उनीहरुको छुटै दिन र रात त छैन । आफूमा सम्प्रदाय बनाउनका लागि धर्म श्रृजना गरेर कालान्तरमा व्यक्ति र धार्मिक समुदायका व्यक्तिहरुले धर्मको अंग श्रृजना गरेका छन् । मुस्लिम धर्ममा समेत कहिं कतै अरुलाई दुःख दिनुपर्छ अरुलाई सलाउनु पर्छ र हिंसा गर्नुपर्छ भने छदै छैन । मुस्लिम धर्मको कुनै पनि पर्वमा द्वीतीया तिथीको चन्द्रमालाई दर्शन गरेर मात्र मुस्लिम साथीहरुले पर्वको शुरुवात र अन्त गर्ने गर्छन् ।  चन्द्रमा भन्नेको हिन्दुहरुको अराध्य देव हो र महादेवको एक मात्र गहना हुन् । 

गौतम बुद्धलाई विष्णुको २४ अवतार मध्ये एक मानिन्छ जो बाँचुन्जेल सत्य, साँचो, अहिंसा र शान्तिको लागि जीवन अर्पित गरे जसको कारण उनी ईश्वरको रुपमा सारा संसारमै पूज्यनीय छन् । २१ औं शताब्दीको विश्वकै समग्र धर्मको दिशा निर्देश भनेको धर्मको नाउँमा शरीरलाई कष्टबाट जोगाउनु र पीडाबाट मुक्त गराउनु अन्धविश्वासबाट मुक्ति पाउनु, बलि प्रथाको र जीव हिंसाको अन्त गरी शान्तिमय, अहिंसामय विश्वको रचना गर्नु हो । यससँग सम्बन्धित हरेक वाक्य र विचारसँग विश्व हिन्दु महासंघको नगर सभापति महावीर मण्डल अनुमोदित छन् । अस्तु ।