सुखिपुरमा प्रथम नगरस्तरीय दौड प्रतियोगिता सम्पन्न

लहान । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सिरहाको सुखिपुर नगरपालिकामा शनिबार प्रथम नगरस्तरीय दौड प्रतियोगिता आयोजना गरिएको छ । 

नगर सुधार समिति सुखिपुरको आयोजनामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार प्रथम नगरस्तरीय दौंड प्रतियोगिता आयोजना गरिएको हो । नगर सुधार समितिका संयोजक बिपी भुवन यादवका अनुसार ‘रोग प्रतिरोधात्मक क्षमता बढाऔं, कोरोना भगाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको  प्रथम नगरस्तरीय दौड प्रतियोगितामा सुखिपुर नगरपालिका–४ कविलासीका राजकिशोर यादवले १० किलोमिटरको निर्धारित दूरी ३७ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भए । प्रथम हुन सफल राजकिशोर यादवलाई १० हजार रुपैयाँ नगद राशिसहित मेडल प्रदान गरियो ।

त्यसैगरी दौड प्रतियोगितको दोस्रो स्थानमा सुखिपुर नगरपालिका–८ मनोज कुमार यादव भए । उनले ५ हजार नगद र मेडल हात पारे । तेस्रो स्थानमा सुखिपुर नगरपालिका–८ कै जीतेन्द्र महतो भए । उनले ३ हजार नगद र मेडल पाए । प्रतियोगितामा चौथो स्थान सुखिपुर नगरपालिका–१० का संजीव यादवले जीत हासिल गरे । उनले २ हजार नगद र मेडल पुरस्कार प्रदान गरियो ।

७३ खेलाडीले भाग लिएको प्रतियोगिताका विजयीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य नरेश कुमार यादव, विशिष्ट अतिथी प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तव, सुनिता मोची, सुखिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिवंश महतो र नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामचन्द्र यादवले पुरस्कार वितरण गरेको आयोजक एवं सुखिपुर नगर सुधार समितिका संयोजक विपि भुवन यादवले जानकारी दिए ।