श्रमजीवी अस्पताललाई सिजी ग्रुपद्वारा ‘भेन्टिलेटर’ सहयोग

लहान । सिरहाको धनगढीमाई नगरपालिका ११ स्थित सञ्चालनमा रहेका श्रमजीवी केयर अस्पताललाई चौधरी ग्रुपको चौधरी फाउण्डेशनले ‘भेन्टिलेटर’ सहयोग गरेको छ । बिहिबार अस्पतालमै एक कार्यक्रम गरी सो भेन्टिलेटर हस्तान्तरण गरिएको छ ।

अब यो ग्रामिण क्षेत्रमा संचालित अस्पतालमा भेन्टिलेटरको सुविधा थपिने भएको छ । अस्पताल प्रविधिमैत्री भएपछि विरामीलाई सेवा संचालनमा मद्दत पुग्ने अस्पतालका निर्देशक पंचलाल महतोले बताए । कोरोनाको बेला अस्ताललाई भेन्टिलेटर सहयोगले ठूलो उपकार भएको उनले बताए । 

कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, वडाअध्यक्ष गंगा यादव, श्रमजीवी सहकारीका संस्थापक सुशिलचन्द्र अधिकारी, फाउण्डेशनका प्रतिनिधि रामजी कटुवाललगायत अथितिहरुको उपस्थिति थियो ।