तराईबाट तीजको गीतलिएर आइन शान्ति सदा

लहान । तराईमुलका नवगायिका शाान्ति सदाले ‘यसपालीको तिजमा घुमाउदेउ पशुपति’ नामक तीज गीतको म्युजिक भिडियो लिएर आएकी छन् । उनीद्वारा स्वरवद्ध गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ ।

गुरुशरण सदाद्वारा रचित तथा संगीता वाईवा र आदित्य ठकुरीले अभिनय गरेको म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानलमार्फत शनिबार सार्वजानिक गरिएको छ ।
 
महिलाको श्रृंगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र माया महत्व ठुलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाईदिने आग्रहमुलक प्रेमभाव देखिने उक्तगीतको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन ।
 
सिराहा गोलबजारकी शान्ति सदाले मैथिली भाषाबाट गीत संगीतको यात्रा सुरुवात गरेकी हुन । सदाले पहिलो पल्ट द भ्वाईस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिईन । साधारण मजदुर जीवनयापन गर्ने घरपरिवार तथा सासुआमाको सहयोगबाट गीत संगीतको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तीजको गीत लिएर नेपाली गीत संगीत क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिईन । महिलाहरूको महान पर्व मानिने तीजको अवसरमा गाउँदै आएको तीजको सयौं गीतहरूमध्ये आफूले पनि यस वर्ष तीजको गीतलाई सार्वजानिक गर्न पाउँदा खुशि लागेको सुनाइन ।
 
लोक तथा काठे भाकामा सृजित उत्त mगीतलाई राकेश ओलीले संगित संयोजन गरेका छन् । गीतको भाव र गायिकी अत्यन्त राम्रो रहेको भन्दै गीत उत्कृष्ट हुनेमा उनी विश्वस्त छिन् । म्युजिक भिडियोका निर्देशक सन्तोष गुरुङ्गले म्युजिक भिडियो अत्यन्त राम्रो रहेको प्रतिक्रिया दिए । उनले यस गीतलाई थोरै कमेडी सहितको मिश्रणबाट राम्रो भिडियो बनाएको बताए । सवरी संकल्प समाज गोलबजारको व्यवस्थापनमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा इच्छा सदा, हिरा लामा, कोपिला थामी, सविना लामा, मकिता बस्नेत, सुरत विष्ट (सरोवर) लगायतका कलाकारको नृत्य रहेको छ ।