दर्दिलाको साहित्य यात्रा

२०३४ सालमा म १४ वर्षको थिए आठ कक्षामा पढ्दै थिए । एक ट्यूशन पढ्ने ठाउँमा मेरो साथीको दाइ दीपक भुजेल भन्ने एक जना एक दिन हिन्दीमा शायरी लेखी रहनु भएको थियो । त्यो हेरी मैले वहाँलाई “दाइ के लेख्दै हुनुहुन्छ” भनेर सोधें । वहाँले “शायरी भनेर ” जवाफ दिनु भयो । मैले “मलाई पनि लेख्न सिकाई दिनु न ” भन्दा वहाँले “ यो शायरी सबैले थाले भने पढि दिने चाहिँ को हुन्छ नि” भनेर जवाफ दिनु भयो । अनि मैले वहाँलाई “ ए यस्ता शायरी म कति लेख्छु कति” भनेर धाक लगाई हालें । अनि वहाँ दाईले “ल त लेखेर  देखा त” भन्नु भयो । “हुन्छ आज वेलुका तपाईलाई देखाउँछु” भने । न भन्दै इखको कारण त्यो दिन २८ वटा शायरी हिन्दीमा लेखेर देखाएं । 
त्यहीबाट मेरो साहित्य लेखन भनु या शायरी कविता गीत लेखन सुरु भयो । त्यो समयमा नाटक मञ्चहरू भईरहन्थ्यो । उपन्यास पढने शोक हुने गर्दथ्यो त्यसै क्रममा नाटक पनि खेलिन्थ्यो । नाटककथा पनि लेख्न लागें । ती नाटकहरू हिन्दीमा थिए जो धरानमा मेरो सामान चोरी हुँदा सबै हराए । बीचमा २०३६ सालमा एसएलसी दिइयो । त्यस पछि जागिरका लागि प्रयत्नको शिलशिलामा हेटौडा काठमाण्डु गइयो त्यो समयमा फुर्सदको बेला कविताहरू हिन्दीमा नेपालीमा लेखिईन्थ्यो । 
२०३६ साल देखि २०५१ सालको बीचमा धनकुटामा घरेलु तालिम, काठमाडौंमा घरेलु तालिम, बर्दियामा सडक सुपरभाइजरको दैनिकी ज्यालादारीमा काम गरियो, धनकुटा शिक्षक पेशामा जागिर गरियो, सिन्धुपाल्चोकमा प्राविधिक जागिर गरियो । जागिर छोडिसकेपछि २०५१ साल देखि २०७५ साल सम्म जीवनयापनको लागि सानो तिनो व्यापार गरियो । यसै बीच नेपाली, हिन्दी र मैथिलीमा कलम चलाई रहें । 
२०६२/०६३ को जनआन्दोलन पछिको सरकारको रबैयालाई दृष्टिगत गरि आफ्नो मूल्यांकनमा राजनैतिक लेख लेखियो । २०६४ वैशाख १८ गते लहानबाट प्रकाशित पूर्व साप्ताहिक पत्रिकामा “भाग्यशाली नेपाली” भन्ने शीर्षकमा व्यंग्यात्मक लेख छापियो, जो मेरो पहिलो प्रकाशित लेख हो । त्यस पछि करीब दुई सय जति लेख छापिए । कहिले काठमाडोंबाट प्रकाशित “राज्यक्रान्ति” भन्ने पत्रिका छापिएको लेख हेटौडा देखि पश्चिममा चर्चित भयो । लेखको शीर्षक थियो । 
“मेरो घरमा चोरहरूको जमघट” काठमाडौंबाट प्रकाशित लेख हो । त्यसपछि करीब २०० लेख जति छापिए । कहिले काठमाडौंबाट प्रकाशित “राज्यक्रान्ति” भन्ने पत्रिका छापिएको लेख हेटौडा देखि पश्चिममा चर्चित भयो । लेखको शीर्षक थियो । “मेरो घरमा चोरहरूको जमघट” काठमाडौंबाट प्रकाशित पत्रिका “जनदिशा” र “राजधानी” मा केही लेखहरू छापिए । 
लहानबाट प्रकाशित प्रायः सबै जसो पत्रिकामा लेख छापिने गर्दथे । 
पहिला मेलै नेपाली र हिन्दीमा मेरो कलम चलाउने गर्थे । २०६३/०६४ मधेश विद्रोह पछि आफ्नो पहिचानसँग जोड्दै आफ्नो मातृभाषामा कलम चलाउन थालें मलाई आफ्नै मातृभाषामा कलम चलाउन सुरुमा अप्ठयारो लागेको थियो । तर संयोगले हाम्रै लहानमा मिथिलाका महान व्यक्तित्व वामपंथी नेता एवं मैथिली कवि स्व. श्री चन्द्रशेखर लाल कर्ण” शेखरद्वारा रचित मैथिली कविता संग्रह “सबटा दाग देखार” पढन पाइयो र त्यस संग्रहमा प्रयोग भएका मैथिली शब्दहरू जसको अर्थ मलाई आउँदैन्थ्यो, ती शब्दहरू एउटा डायरीमा टिप्प्थं र वहाँसँग अर्थ बुझी मैले आफ्नो कवितामा प्रयोग गरी फेरी वहाँलाई देखाउँथें वहाँले जब ठिक भनी सके पछि लोकल पत्रिकाहरूमा प्रकाशन गर्न लगाउँथें । 
यस्तो गर्दा गर्दै मेरा पाठक एवं हितैषीहरूको सल्लाह र आर्थिक सहयोगमा २०६६ साल जे्ष्ठमा मेरो पहिलो कविता संग्रह “ अखनो अन्हार लगैय” प्रकाशित गराउन सफल भएं जो चर्चित पनि बन्न पुगे । पहिला १००० प्रति कविता संग्रह प्रकाशन गरी मिथिलाका प्रायः गाउँ, विद्यालय र कार्यालयहरूमा पु¥याउन सफल भएं तर एक हजार प्रतिले नपुगेपछि फेरि त्यसै कविता संग्रहलाई दोश्रो संस्करण प्रकाशित गरि मिथिलाका जनमानस संग्रह पु¥याइयो । त्यहि संग्रहले मलाई मेरो केही मात्रामा मैथिली कविको रुपमा पहिचान दियो । आज मलाई प्रायः नेपाली मथिलामा मैथिली साहित्यकार, कवि र गीतकारको रुपमा चिन्दछन् । आज म नेपाली साहित्यकारहरू बीच पनि चिरपरिचित छु । यी सबै देख मेरो लेखनकै हो । 
मेरो गीति लेखको पहिलो रेकर्डिङ गीत 
“प्यार करबे करब सजनी इशारा कनी दःदिय,
जीवन जिबे करब सजनी सहारा कनी दःदिय ।” 
बजारमा आयो र जनमानसको मैथिली प्रतिको भ्रम तोड्दै चर्चित एवं कर्णप्रिय हुन सफल भयो । जसलाई सावन यादव आफ्नै संगीतमा गाएर चर्चित हुन सफल भए । त्यही गीतले सफल र दक्ष गीतकारको रुपमा मलाई पहिचान दियो । यो गीत मैथिली फिल्म “जियब हम अहिलंकेलेल ” मा सेटिङ्ग गरिएको छ । त्यस्तै मैले लेखेको नेपाली गीत मध्ये पहिलो रेकर्डिङ भएको गीत “चाहना मेरो जली गयो निरासाको आगोमा बजारमा आएको छ । यसरी नै मेरो लेखनमा एउटा हिन्दी गीत “मैने यह जाना मोहव्वत क्या है” पनि रेकर्ड भएको छ । 
अहिले बजार आउन बाँकी छ । यसरी मेरा ३७ रेकर्ड गीत मध्ये ३० वटा मैथिली ६ वटा नेपाली र एउटा हिन्दी रहेका छ । तपाई श्रोता, पाठक दर्शकहरूको माया र चाहना पाई आगामी दिनमा पनि यही बाटोमा निरन्तर भेटघाट गरिरहने छु । अहिले यस साहित्य जगतले मान सम्मान पनि दिएको छ । हाल मेरो साहित्यिक परिचय दिनु पर्दा 
१. प्रगतिशील लेखक संघ (केन्द्रीय सदस्य)
२. मातृभाषा साहित्य कला संरक्षण केन्द्र, नेपाल (संयोजक) 
३. समता साहित्य प्रतिष्ठान (संयोजक, प्रदेश नं. २) ४. संङ्गोर मिथिला, नेपाल (केन्द्रीय सल्लाहकार)