लागूऔषध नियन्त्रणमा समुदाय सक्रिय बनौं

गुगलबाट

नार्कोननका अनुसार नशा दिने, लठयाउने, झुम्म पार्ने चिजवस्तु नै हामीले चलन चल्तीमा भन्ने गरेको ड्रग्स हुन । नेपालमा पाईने यस्ता ड्रग्सहरुमा जाँडरक्सी, वाइन, बियर, गाँजा, चरेस, ब्राउनसुगर, कोकिन आदि प्रमुख छन भने चिकित्सकीय औषधीहरुमा निद्रा लगाउने, खोकी रोक्ने, दुखाई कम गर्ने, एलर्जीमा दिइने र डिप्रेसनमा दिईने औषधीहरु दुरुपयोग भइरहेका छन् । यसबाहेक मनोरञ्जन गर्ने नाममा एक्टेसी, याबा, एलएसडी जस्ता घातक नशाजन्य पदार्थहरु र माउसुलीको पुच्छर, डेन्ड्राइट जस्ता चिजवस्तु नशा लिने क्रममा दुरुपयोग भइरहेका छन् ।

मानिसहरुलाई ड्रग्सको बारेमा सही ज्ञान नहुनु नै लागुऔषध सञ्जाल फैलाउन चाहनेहरुका लागि बरदान सावित भएको जानकारहरुको भनाइ छ । ड्रग्स खुवाउनेहरुले जबरजस्ती नगरी गलत सूचना दिएर यस बस्तुले फाइदा गर्छ भन्दै झुटो दलिल दिई सुरुमा खुवाउने गर्छन् । यदी व्यक्तिमा लागुऔषधबाट हुने हानीको सम्बन्धमा सही ज्ञान छ भने जोकोही पनि यो समस्याबाट सजिलै बच्न सक्दछन । त्यसैले ड्रग्सका बारेमा सही ज्ञान दिई यसको धरापमा पर्नबाट जोगाउन पहल गर्न जरुरी छ ।

दुव्र्यसनी पता लागउन पिसाब परीक्षण गरी ड्रग्स लिइरहेको छ भन्ने कुराको तत्कालै जानकारी दिन युरिन किट उपकरण उपयोगी रहेको यसको जानकारहरु बताउँछन् । युरिन किटले दुव्यर्सनीको पिसाब परीक्षण एकै मिनेटमा गरी पता लगाउन सकिन्छ ।

दुव्र्यसनमा परिसकेको अवस्थामा पनि दुव्र्यसनबाट निकाल्ने उपायको रुपमा घरपरिवारले सामान्य मानिस सरह ठानी जागिर खुवाउने, स्कुल कलेज पठाउने, विदेश पठाउने, विवाह गरिदिने, व्यवसाय गराउन खोज्ने वा सवारी साधन किनिदिने जस्ता घातक र गर्ने नहुने काम गर्न नहुने विज्ञहरुको तर्क छ । व्यक्तिले नियमित नशाजन्य कुरा लिइरहेको अवस्थामा उसको चेतना नै लठीएको हुने हुँदा अध्ययन, रचनात्मक कार्यहरु र सही निर्णय गर्न सक्दैन र नियमित ड्रग्स सेवनका कारण शरीर दुर्वल भइ काम गर्न सक्ने हालतमा नहुने भएकाले परिवारले अरु नै उपयुक्त कदम चाल्नुपर्दछ ।

सिरहाको बजार क्षेत्रमा अवैध लागु औषध सेवनकर्ता र ओसार पसार फस्टाएको छ । यसबाट लागु औषध दुव्र्यसनीको संख्यामा समेत बढोतरी भएको छ । लागु औषध ओसार पसारमा संलग्नले सिरहाको पूर्वी नाका क्षेत्र अन्तर्गत लहान–ठाडी सडकलाई मुख्य माध्यम बनाई प्रयोग गर्दै आएका छन् । जसका कारण व्यापारिक केन्द्र लहान लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न पुगेको छ ।

भारतीय लौकहा बजारबाट लहान–ठाडी सहायक मार्ग हुदै लहान भित्र्याएपछि यहीबाट उदयपुर क्षेत्रमा लागुऔषध भित्रिने गरेको छ । त्यसैगरी लागुऔषध ओसार पसारमा संलग्नले मिर्चैया हुदै उदयपुरको कटारी र पूर्वी सिन्धुली नाकामा पु¥याउने गरेका छन् । पूर्वी सिरहा र पश्चिमी सप्तरीका ग्रामीण बजारका केही किराना, औषधी पसल तथा झुपडिहरुमा अरु औषधी सरह सहजरुपमा पाईने गरेको प्रहरीले पक्राउ गरेको तथ्यांकमा भेटिन्छ । सहजरुपमा पाइने गरेकाले पनि सेवनकर्ताको संख्यामा वृद्धि भई  स्थानीय स्तरमा अपराधिक मनोवृति हावी हुदै गएको छ ।

ती पसल तथा झुपडीहरुमा पाइने इन्जेक्सनहरुमा मोर्फिन, डाइजापोम, क्ल्याम्पोज, फाइनारगञ्ज, एसपी, फोर्डविन, टिडिजेसिज, प्याथोडिन तथा ट्याब्लेटहरुमा नाइट्रोसन, नाइट्रोभ्याक्ट, एसप्रि, भ्यालिएम, क्लाम्पोज, पोक्सिगन तथा इफिटिन छन् । देखासिकीमा लागु औषधको कुलतमा फस्नेमा अधिकांश स्कुले विधार्थीहरु छन् ।  सुरुमा चुरोटबाट धुमपान मधपान कुलतमा फस्ने स्कुले बालबालिकाहरु पछिदेखासिकीमा फसी पछि जटिल प्रकारका टयावलेट र इन्जेक्सन सेवनकर्ता हुन पुग्छन् । दुव्र्यसनीसँगै युवाहरु एचआइभी संक्रमित हुन पुग्ने गरेका छन् ।

नार्कोननका अनुसार नेपालमा ७ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १ लाख ७ हजार स्कुले बच्च लागू पदार्थ सेवन कर्ता छन् । यसले गर्दापनि लागूऔषध सेवनकर्ता दिनानुदिन बढदो क्रममा रहेको प्रहरी आकलन छ । जिल्लामा सानातिना चोरी लगायत अपराधिक घटना हुनुमा लागूऔषध प्रयोग पनि कारक भएको प्रहरी भनाइ छ ।

तसर्थ लागूऔषध नियन्त्रणमा प्रहरीले मात्र सक्रियता बढाएर रोकथाम गर्न सक्दैन । यसका लागि समुदायले प्रहरीको अभियानलाई साथ दिन जरुरी छ । प्रहरी–समुदायको सक्रियताले मात्र लागूऔषध न्यूनिकरण र रोकथाम हुनसक्छ । यसतर्फ सोच्न जरुरी छ ।