‘अखनो अन्हार लगैय’

मैथिली भाषाको विकास र संरक्षणमा लागि परेका कवि तथा गीतकार अर्जुन प्रसाद ‘दर्दिला’ गाउँबस्तीमा बोलिने मैथली जनभाषालाई आफ्नो गीतमा उतार्न ‘दरद’ निकाल्ने तयारीमा छन् । 


    मैथिली भाषाको कृति ‘अखनो अन्हार लगैय’ कविता संग्रहबाट मिथिला क्षेत्रमा चर्चित बनेका दर्दिलाले सिरहा, सप्तरीका गाउँ वस्तीमा बोलिने मैथली जनभाषालाई आफ्नो गीतमा उतार्ने तयारी अन्तिम चरण पुगेको जानकारी दिए । तर लकडाउनका कृति प्रकाशनमा अवरोध पुगेको छ ।

   
    सिरहा, सप्तरी, धनुषा क्षेत्रमा बोलिने लोकलयलाई ‘अखनो अन्हार लगैय’ कविता संग्रहले सफलता चुमेको थियो ।  लहान नगरपालिका–१० का स्थायी वासिन्दा उनले सानै छूदा आमा धरोहरी देवीको देहान्तपछि टुहुरो जीवन बिताउन विवश भएपछि आफ्नो उपनाम ‘दर्दिला’ राखेको सुनाए । त्यो नाम नै अहिले ५८ वर्षीय गुप्ताकोे पहिचान बनिसकेको छ । र, जीवनको पर्यायपनि । उनको लिखित रचनाहरु निरासावादी हुनुमा सायद आफ्नै वेदना हुनसक्छ । टुहुरो जीवन बिताउनु पर्दाको पीडाकैं कारण प्रवेशिकासम्म मात्र अध्ययन गर्न पाएको उनले सुनाए ।


    ‘लिपी, श्रव्य र दृश्य जगतमा मैथिली भाषाले जबसम्म पकड जमाउन सक्दैन, तबसम्म मैथिली भाषाको विकास र संरक्षण पनि हुन सक्दैन,’ उनको कथन छ, ‘जुन भाषाले मानव जातीको हृदयलाई जित्न सकेको छ, त्यो भाषाको विकास भएको छ ।’ आफ्नो मैथिली लेखनलाई आफ्नो पहिचानसूग जोड्दै उनी भन्छन् ‘ऐतिहासिक, पौराणिक भाषा मैथिली लेखनलाई आफ्नो पहिचानसूग जोड्दै मैथिली भाषा लेखी रहनुमा गर्व ठान्दछु । 


    ‘दरद’ सूगै दुई गीति एलवम (मैथिली) निकाल्ने तयारीमा छन् उनी । उनका रचित करिब ३७ वटा गीत मध्ये ३० वटा मैथिली, ६ वटा नेपाली, एउटा हिन्दी गीत बजारमा आईसकेको छ ।  ८ वटा  मैथिली फिल्ममा समेटिएको छ ।
    दर्दिलाद्वारा रचित प्रियतमा एलवममा समेटिएको ‘ए सजनी हमर’, ‘नजर केकरा लागल’ मैथिली गीतहरु चर्चित छन् । त्यसैगरी मैथिली फिल्म जियब हम अहिके लेलमा समेटिएको ‘प्यार करबे करब सजनी’, ‘नजरसू नजर’ गीत मिथिलाका युवा युवतीमाझ लोकप्रिय बन्यो । त्यसैगरी फिल्म सेनुर साजनकेमा समेटिएको ‘सावनके एक राति छल’, ‘विनलिखल अहाू गजल छी’, ‘लागल योवनके रोग बालमजी’ गीतले दुई वर्षअघिसम्म बजार तताएको थियो ।


    आफ्नै मातृभाषामा कलम चलाइ गीतको माध्यमबाट मैथिली संगीतको आकाशमा आफ्नो स्थान हासिल गर्न प्रयासरत दर्दिलाले पहिलो पटक मैथिली गीत गजल साँझ–२०६७ आयोजना गरेका थिए । गीत, कविता र साहित्य क्षेत्रमा लागी मैथिली भाषाको विकासमा आफ्नो योगदान पु¥याए वापत २०६९ मा समग्र एफएमबाट र नयाू नेपाल एकिकृत विकास केन्द्र सुखीपुरले सम्मान ग¥यो । त्यस्तै २०७० मा मधेस स्पेसल डट कमबाट  सम्मानित भए । २०६८ मंसिर २६ मा राजा पुरादित्य एवं महाकवि विधापति स्मृति प्रतिस्ठान राजगढद्धारा आयोजित तिन दिने मैथिली कविता प्रतियोगितामा तृतिय स्थान प्राप्त गरे ।