दुर्घटनाबाट बचौं

नेपाली बृहत शब्दकोशमा उल्लेख गरिए अनुसार कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घट्ना अर्थात अपर्झट आइपरेको कष्टपूणर् अशुभ घटना दुर्घटना हो । काबु बाहिरको घटना, दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीका कारणले हुने घटना, कल्पना भन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । अर्थात, कुनैपनि दुर्घटनामा दुई वा दुई भन्दा बढी पक्षको हेलचेक्रयाई (बेवास्ता, उपेक्षा, ध्यान नदिने) वा लापरवाह (असावधान, होसियारी नभएको) बाट मात्र निम्तिने गर्छ ।
सडक यातायातमात्र नेपालीको लागि विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई माग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात मात्र भरपर्दो यात्राको माध्यम हो । तर, त्यही सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या हवात्त्तै बढेको छ । दुर्घटनामा निर्दोष निपोलीहरुले अकाल मृत्युवरण गर्नुपरेको छ । अपांग भएर बाँच्न बाध्य छन् । त्यसैगरी धनको क्षति त्यत्तिकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षति भइरहेको छ ।
दुर्घटना निम्तिनुमा पछिल्लो पटक तराई क्षेत्रमा कृषि प्रयोजनका लागि भन्सार छुट सुविधामा कृषकहरुले खरिद गर्ने ट्रयाक्टर पनि कारक बनेको छ । कृषि प्रयोजनका लागि मात्र भनिएको ट्रयाक्टर कानुन विपरीत गैरकृषि गिट्टीढुङ्गा ढुवानी, घर निर्माण, ग्राभेल र अन्य विकास निर्माणको कार्यमा पनि प्रयोग हुन थालेपछि दुर्घटनामा बृद्धि भएको छ । 
कृषि सामाग्री ढुवानी र कृषि प्रयोजन बाहेक ट्रयाक्टर अन्य काममा प्रयोग गर्न नपाईने भएपनि बिवाह, मेला, उत्सवमा मान्छे ओसारपसार र गैरकृषि गिट्टीढुङ्गा ढुवानी, घर निर्माण, ग्राभेल र अन्य विकास निर्माणको कार्यमा पनि प्रयोग हुन थालेपछि दुर्घटनामा वृद्धि भएको बताए ।
ट्रयाक्टर अधिकांश १८ वर्षे युवाहरुले चलाएका कारणपनि दुर्घटना निम्तिएको हो । कृषि मजदुर अभाव र परम्परागत हलोगोरुबाट खेतीपाति गर्दै आएका सिरहाका किसानहरुले वैकल्पिक प्रविधिको साधन कृषि छुटमा ट्रयाक्टरबाट खेती गर्ने उपाय अवलम्वन गरेका थिए । खेतीको समयमा कृषि मजदुरको अभाव झेल्दै आएका यहाँका अधिकांश किसानहरुले झण्झटिलो हलो गोरुबाट जमीन जोत्न छाडि ट्रयाक्टरको माध्यमबाट खेती गर्न थालेका थिए ।
तर,कृषि प्रयोजनका लागि उपलव्ध सुविधा उपभोग गर्दै व्यवसास सञ्चालनमा समेत प्रयोग भएपछि उता कृषकहरु भने मारमा परेका छन् । जसका कारण कृषकलाई सहज उपलव्ध ट्रयाक्टर खरिद झण्झटिलो बन्यो । यातायात कार्यालयले ट्रयाक्टर खरिदमा कृषि प्रयोजनका लागि रातो नम्वर प्लेट र व्यवसायिक प्रयोजनका लागि कालो नम्वर प्लेट उपलव्ध गराउँछ । कृषि प्रयोजनका लागि उपलव्ध रातो नम्वर प्लेट ट्रयाक्टर खरिदमा भन्सार शुल्क लाग्दैन भने यातायात कार्यालयले लिदै आएको कुल लागतको ५ प्रतिशत सडक दस्तुर कर समेत कृषकहरुले तिर्नुपर्दैन । तर कालो नम्वर प्लेटको हकमा यी सवै कर तिर्नुपर्ने हुन्छ । कृषि प्रयोजनका लागि खरिद गरिएको ट्रयाक्टर पा“च वर्षसम्म कृषकहरुले बिक्री गर्न पाउदैनन् । 
तर दुर्घटना निम्तिनुमा ९० प्रतिशत घटन मानवीय गल्तीले भएका छन् । २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको तथ्यांकलाई हेर्ने हो भने आव २०७५/२०७६ मा ९ सय १४ सवारी दुर्घटना भए । त्यत्तिखेर ४ सय ९६ जनाको ज्यान गयो । १ हजार २ सय ७६ जना घाइते । दुर्घटना मृत्युदर बर्सेनि २२ प्रतिशतले वृद्धि भएको पाइन्छ ।
सवारी दुर्घटना न्युनिकरण गर्न र तिब्र गति मापन गर्न प्रदेश २ मा ट्राफिक प्रहरीले राडर गनबाट सडकमा चल्ने सवारी साधनको गति मापन गर्न सुरु गर्‍यो । गति मापन र कारवाही चलाएपछि सवारी दुर्घटनामा न्युनिकरण आउँने ट्राफिक प्रहरीको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार कार, जिप, पिक-अप, भ्यान प्रति घण्टा ८० किलोमिटर, बस, मिनिबस, ट्रक, मिनि ट्रक पहाडमा ५०, समतलमा ७० किलोमिटर प्रतिघण्टा, मोटरसाइकल ५० किलोमिटर प्रतिघण्टा, टेम्पो, स्कुटर, पावर-टेलर, ट्याक्टर प्रतिघण्टा ४० किलोमिटर र बाक्लो बस्ती ईलाकामा सबै सवारी साधन ४० किलोमिटर प्रतिघण्टा कुदाउन पाउने व्यवस्था तोकेको छ । तर चालकको लापरवाहीले यो नियम लागू हुन सकेको छैन । 
प्रदेशभरिका जिल्लमा सडक प्रयोगकर्ताहरुलाई बढी दुर्घटना हुने कारण, ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम सुरु गर्‍यो । विद्यालय र सवारी चालकहरुलाई लक्षित गरी जनचेतना सम्बन्धी कार्यक्रम गर्दै आएको छ । तरपनि दुर्घटना न्युनिकरण हुन सकेको छैन । तसर्थ दुर्घटनाबाट जोगिन आफै सर्तक बनौ ।