बालविवाह मुक्त समाज निर्माण गरौं

विवाहलाई एउटा सम्झौताका रुपमा लिइन्छ । कानुनी रुपमा उमेर पुगेका एउटी स्त्री र एउटा पुरुषलेसँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह, अदालती विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरु पाइन्छन् तर सामान्यतया हिन्दूधर्म अन्तर्गत विवाह प्रचलन फरक फरक पाइन्छ ।


समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता प¥यो । यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाइृ नै ‘विवाह’ भनियो । यसरी विकसित बन्न पुगेको विवाह संस्कारले निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो । सिद्धान्तत : विवाह यही रुपमा विकसित भयो । विवाहको प्रकृति यही हो, जसले यौनका अत्यावश्यकतालाई स्वीकारेको पाइन्छ । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक प्रचलन र परम्पराहरु विकसित बन्न पुगे । यस्ता परम्पराहरु जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरकफरक ढंगले विकसित बन्न पुगेका छन् ।


धर्मशास्त्रले सामान्यतया धर्म प्राप्ति, पुत्र प्राप्ति र रतिसुखलाई विवाहको उद्धेश्य बनाएको पाइन्छ । जीवनमा रतिसुख अति आवश्यक कुरा हुँदा त्यसलाई विधिवत गर्न विवाह आवश्यक परेको हो भने सन्तान प्राप्ति विवाहको अर्को महत्वपूर्ण उद्धेश्य हो । कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमश ः मानवरहित बन्न जाला भनेर सन्तान प्राप्तिलाई धार्मिक उपलब्धि मानिएको हो । यिनै उद्धेश्य परिपूर्तिका परम्परा फरकफरक रुपमा विकसित भए । समाजमा केटी माग्न जाने चलन चल्यो । 


विवाह अपरिहार्यता हो । विवाह केटाकेटी बीचको वैधानिक सम्झौता हो । विवाहले केटाकेटी बीचको सम्बन्धका साथसाथै गाउँ, समाज, भाषा, क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत जोडेको हुन्छ । बैबाहिक जीवन सुखद रहेमा घरपरिवारदेखि शुभचिन्तक सबै खुशी र सुखी हुन्छन् तर कसैको सम्बन्ध कुनै कारणले असफल भएमा घरपरिवार, आफन्तदेखि समाजमा समेत यसको प्रतिकूल असर पर्दछ । बैबाहिक जीवन असफल भएका कारण हत्या, आत्महत्या, यातना जस्ता क्रुर र अमानवीय घटनाहरु पनि घटने गरेको पाइन्छ ।

 
विवाहसँगै जोडिएको विवाह बालविवाह हो । शारीरिक तथा मानसिक रुपमा अपरिपक्वताको अवस्थामा गरिने विवाहलाई ‘बालविवाह’ भनिन्छ । कानुनले तोकेकोभन्दा कम उमेरमा गरिने वा गराईने विवाह बालविवाह हो । विवाह गर्ने वा नगर्ने भन्ने अधिकार व्यक्तिमा निहित भएपनि कुन उमेरमा विवाह गर्ने भनेर प्रत्येक मुलुकले न्युनतम उमेर तोकेको हुन्छ । नेपालको मुलुकी ऐनमा विवाहका लागि २० वर्ष उमेर तोकिएको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनेको छ । नेपालको कानुनमा बालविवाह प्रतिबन्धित गरिएको छ । 


बालविवाहको कारण वैवाहिक जीवन दीगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरुले बालिका र महिलाहरु थप प्रताडित हुन पुग्दछन् । कालान्तरमा समाज विकास प्रक्रियामा महिलाहरुको भूमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक तत्व बन्न पुग्दछ । 


तैपनि बालिकाका अधिकार अझैसम्म पनि समुचित तवरले सुरक्षित हुन सकेका छैनन् भने विद्यमान कानुनहरुको कार्यान्वयनकै ठूलो अभाव छ । घरमा दुव्र्यवहार हुँदा, अभिभावकलाई चेतना नहुँदा, मनोविमर्श नहुँदा बालविवाह बढिरहेको छ । विभिन्न संस्कार र परम्पराका नाममा बालविवाहलाई मलजल गर्ने काम भइरहेको र विशेषगरी सामाजिक मूल्य मान्यता, पारिवारिक दबाव, प्रजनन स्वास्थ्य शिक्षाको अभाव, कानुन कार्यान्वयनमा कमी जस्ता कारणले बालविवाह भइरहेको पाइन्छ । तराईका जिल्लामा दलित समुदायमध्येपनि सीमान्तकृत, अल्पसंख्यक डोम समुदायमा विशेषगरी छोराछोरी जन्मने बित्तिकै विवाहको टुंगो लगाउने चलन कायम रहनु र मगनी भइसकेको छोरीले उमेर पुगेपछि अन्यत्रै विवाह गर्ला कि भन्ने डरले सानैमा विवाह गरिदिने चलन छ । तसर्थ यसतर्फ सोचौं र बालविवाह मुक्त समाज निर्माण गरौं ।