बेलैंमा सोचौं

दुई दिन यता लहान लगायत तराई क्षेत्रमा गर्मी बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । ३४ डिग्री सम्म तापक्रम रेकर्ड भएको छ । त्यसो त साउन महिना गर्मी हुने समय पनि हो । मौसमी फेरबदल हुनुमा जलवायु परिवर्तनको भूमिका रहन्छ । 
त्यसो त जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट नेपाल ज्यादै प्रभावित भएको छ । तापक्रममा भएको वृद्धिले विश्वमा न्यानोपन बढेको छ र बढी वा घटी पानी पर्ने तथा बाढीको प्रकृति तथा बाढी आउने क्रममा बृद्धि भएको छ । मनसुनमा परिवर्तन आएको छ, सुख्खा–खडेरी हुने गरेको छ तथा हिमतालहरु फुट्न सक्ने जोखिमको स्थिति रहेको छ । जलवायु परिवर्तनबाट भएका जोखिमबाट जनधनको नोक्सानी भएको छ ।
नेपालले जलवायु परिवर्तन सम्वन्धी महासन्धि तर्जुमा हु“दा अन्तर–सरकारी वार्ता समितिको बैठकहरुमा भाग लिएको थियो । रियो द जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनको अवसरमा १२ जुन १९९२ का दिन नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो । यस महासन्धिलाई अनुमोदन गरिएको लिखत नेपालले २ मे १९९४ मा महासन्धिको अभिलेख्य समक्ष पेश गरेकोले महासन्धिको प्रावधान वमोजिम ३१ जुलाई १९९४ देखि यो महासन्धि नेपालमा लागू भएको छ । नेपालको क्योटो अभिसन्धिको पक्ष हुन १६ सेप्टेम्वर २००५ सम्मिलन सम्वन्धी लिखत पेश गरे बमोजिम १४ डिसेम्वर २००५ देखि सो अभिसन्धी समेत कार्यान्वयनमा आएको छ । यस अभिसन्धिको धारा १२ मा व्यवस्था भएको स्वच्छ विकास संयन्त्र सम्वन्धी कार्यहरुलाई प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले वातावरण मन्त्रालयलाई राष्ट्रिय प्राधिकरणको रुपमा कार्य गर्न जिम्मेबारी दिएको छ । अन्य राष्ट्रहरुको तुलनामा नेपालको हरितगृह ग्या“सको निस्कासन दर न्यून छ । जलवायु परिवर्तन सम्वन्धी महासन्धिको पक्ष राष्ट्र भएपनि नेपालले हरितगृह ग्या“सको न्यूनीकरणबाट तुलनात्मक लाभ लिन सक्ने देखिन्दैन । 
तर जलवायु परिवर्तनबाट नेपाल प्रत्यक्ष प्रभावित भएकोले प्रतिकूल प्रभाव हटाउन वा घटाउनको लागि अनुकुलनका कार्यहरु कार्यान्वयन गर्नु जरुरी भएको छ । वातावरणीय परिवर्तनको प्रभावबाट संसार अहिले आक्रान्त भइरहेको अवस्था छ । अनिकाल पर्नु, अनावृष्टि र अतिवृष्टि हुनु, विभिन्न किसिमका रोग व्याधीको संक्रमण हुनु, बाढी पहिरो, विनाशकारी हुरी वतास आउनु, समुन्द्रको जलस्तर बढ्नु, समुन्द्री क्षेत्रमा विभिन्न किसिमका सुनामी जस्ता प्रलयहरु आउनु नै वातावरणीय परिवर्तनबाट सृजित मानवीय संकट तथा विपदहरु हुन् । समयमा नै यी संकटहरुको कारक तत्वसम्म पुग्न सकिएन र त्यसको निराकरणतर्फ मानव समुदायबाट पहल हुन सकेन भने निश्चितरुपमा महाप्रलयको अवस्था आउनसक्छ । जसबाट ठुलो धनजनको क्षति हुन सक्ने संभावनालाई नकार्न सकिदैन् ।
वास्तवमा मानव समुदाय जुन हिसाबले आधुनिक युगको निर्माण गर्नको लागि अगाडि बढेको छ त्यही स“गस“गै उसले गरेका विभिन्न क्रियाकलापहरु जस्तै ः वन विनास, कार्वनको अत्यधिक उत्सर्जन, कार्बन मोनोअक्साइड, क्लोरोफ्लुरो कार्बन जस्ता विशालु तथा संसारको तापक्रम बढाउने ग्या“सको उत्सर्जन नै वातावरणीय परिवर्तनको मूख्य कारणहरु रहेको देखिन्छ । अर्कोतर्फ संसार जुन हिसाबले आणविक अस्त्र शस्त्रको होड्बाजीमा लागेको छ त्यसले वातावरण परिवर्तनमा झन ठूलो स्थान राख्दछ । विनासकारी हातहतियार तथा मिसाइलहरुको प्रयोगले संसारको वातावरणलाई प्रदुषित बनाइरहेको छ । वातावरणीय परिवर्तनका मूख्य कारक तत्वहरुको निमार्णमा संसारमा अहिले विकासन्मुख गरिब राष्ट्रहरुभन्दा धनी र विकसित राष्ट्रहरु नै अग्रणी स्थानमा छ । 
    अत ः संसारका यी विकसित राष्ट्रहरु समयमा नै यस संवेदनशील विषयमा ध्यान दिएर एउटा ठोस योजनाको साथ वातावरण परिवर्तनलाई रोक्नको लागी र सो परिवर्तनबाट मानव समुदायलाई जोगाउनको लागी अगाडि सरेर आउनुपर्ने आवश्यक्ता देखिन्छ । नेपालजस्ता गरिब तथा विकासोन्मुख राष्ट्रहरुले जलवायु परिवर्तनको असरबाट जोगिनको लागि अन्तराष्ट्रिय समुदायस“ग सहयोगको अपिल गर्नुपर्ने देखिन्छ ।